नबिल बैंकले ल्यायो १० वर्षको स्थिर ब्याजदरमा घर कर्जा

<p>&nbsp; काठमाडौं । नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना अन्तर्गत १० वर्षसम्म स्थिर ब्याजदरमा घर कर्जा दिने भएको छ । बैंकले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, दुई स्थिर ब्याजदरमा सुलभ घर कर्जाको योजना ल्याएको हो । नविलले ७ वर्षको लागि प्रति वर्ष १०.९९ प्रतिशत र १० वर्षको लागि प्रति वर्ष ११.९९ प्रतिशत [&hellip;]</p>

 

काठमाडौं । नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना अन्तर्गत १० वर्षसम्म स्थिर ब्याजदरमा घर कर्जा दिने भएको छ ।

बैंकले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, दुई स्थिर ब्याजदरमा सुलभ घर कर्जाको योजना ल्याएको हो ।

नविलले ७ वर्षको लागि प्रति वर्ष १०.९९ प्रतिशत र १० वर्षको लागि प्रति वर्ष ११.९९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा दिने नीति बनाएको बताएको छ ।

नबिल बैंकका पर्सनल लेन्डिङ युनिट प्रमुख चाँदनी श्रेष्ठले भनिन्, ‘जब घर कर्जाको कुरा आउँछ, घरधनीहरू हरेक महिना तिर्नुपर्ने प्रिमियम दरमा हुने परिवर्तनले आत्तिने गर्छन् । यस कुरालाई ध्यानमा राखेर हामीले ‘नबिल ढुक्क घर कर्जा’ ल्याएका छौँ ।’

बैंकले २० वर्षसम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने बर्ताको छ ।

यस योजना अन्तर्गत घरधनीले आफ्नो कर्जा अवधिभर तोकिएको सुलभ ब्याजदरमा आश्वस्त हुन सक्ने उनले बताइन् ।

नबिल ढुक्क घर कर्जाले पहिलो पटक घर खरिद गर्नेलाई ७० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउने बताएको छ भने अन्यले झन्झटरहित कर्जा प्रक्रियामा ६० प्रतिशतसम्म वित्तीय सुविधाको फाइदा लिन सक्ने बैंकले बताएको छ ।

बैंकको यही योजनामा दुई लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सेवा निःशुल्क जारी हुने बैंकले बताएको छ ।

नबिल बैंकले २० लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ ।

Share News