लघुवित्तहरु पुस मसान्तभित्र मर्ज हुनै पर्ने, वाणिज्य बैंकलाई ६ महिना थप

<p>काठमाडौं । वाणिज्य बैंक वा लघुवित्तहरुको मर्जको लागि राष्ट्र बैंकले पुस मसान्तसम्म समय दिएको छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् । २०७९ पुस मसान्तपछि मर्ज हुनेहरुलाई राष्ट्र बैंकले दिदै आएको सुविधा रोक्ने उनले बताए । यसअघि उनले वाणिज्य बैंकका सीईओहरुलाई गत असार मसान्तभित्र मर्जमा नजानेलाई सुविधा रोक्ने बताएका [&hellip;]</p>

काठमाडौं । वाणिज्य बैंक वा लघुवित्तहरुको मर्जको लागि राष्ट्र बैंकले पुस मसान्तसम्म समय दिएको छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् ।

२०७९ पुस मसान्तपछि मर्ज हुनेहरुलाई राष्ट्र बैंकले दिदै आएको सुविधा रोक्ने उनले बताए । यसअघि उनले वाणिज्य बैंकका सीईओहरुलाई गत असार मसान्तभित्र मर्जमा नजानेलाई सुविधा रोक्ने बताएका थिए ।

‘वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा आफ्नै वर्गभित्र गाभिई वा प्राप्तिमा गई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा मात्र यस बैंकबाट प्रदान हुँदै आएको मर्जर तथा प्राप्तिसम्बन्धी छुट तथा सुविधा उपलब्ध हुने व्यवस्था मिलाइनेछ’ गभर्नर अधिकारीले भने ।

उनले विकास बैंक र फाइनान्स कम्पनीहरुको बारेमा केही बताएनन् । विकास बैंक र फाइनान्स कम्पनीहरुको संख्या राष्ट्र बैंकले चाहेको सीमा भित्र आएका तर वाणिज्य बैंक र लघुवित्तको संख्या अधिक रहेको राष्ट्र बैंकका अधिकारीहरुले बताउँदै आएका थिए ।

Share News