काउण्टर साइक्लिकल क्यापिटल बफर कार्यान्वयनमा ल्याउने

<p>काठमाडौं । कोरोना महामारीका कारण आर्थिक वर्ष २०७६/७७ बाट स्थगन गरिएको काउण्टर साइक्लिकल क्यापिटल बफरको व्यवस्थालाई २०८० साउनदेखि कार्यान्वयनमा ल्याइने भएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् । साथै गभर्नर अधिकारीले कोरोना महामारीको बेला अर्थतन्त्रमा परेको प्रभावलाई लक्षित गर्दै गरिएको [&hellip;]</p>

काठमाडौं । कोरोना महामारीका कारण आर्थिक वर्ष २०७६/७७ बाट स्थगन गरिएको काउण्टर साइक्लिकल क्यापिटल बफरको व्यवस्थालाई २०८० साउनदेखि कार्यान्वयनमा ल्याइने भएको छ ।

शुक्रबार चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।

साथै गभर्नर अधिकारीले कोरोना महामारीको बेला अर्थतन्त्रमा परेको प्रभावलाई लक्षित गर्दै गरिएको सहुलियतमा पुनरावलोकन गर्ने भएको छ । उनले भने, ‘कोरोना महामारीको समयमा आर्थिक पुर्नत्थानलाई गति प्रदान गर्न अबलम्बन गरिएका कर्जा पुर्नसंरचना एवम् पुर्नतालिकीकरण, ब्याज पूँजीकरण, लाभांश वितरण लगायतका नियामकिय ब्यवस्थामा आवश्यक पुनरावलोकन गर्नेछ ।’

गभर्नर अधिकारीले मौद्रिक नीति बढ्दो चालु खाता एवम् सोधानान्तर घाटाका कारण बाह्य क्षेत्रमा परेको दवावलाई केन्द्रमा राखिएको बताए ।

Share News