काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २२.५३ प्रतिशत बढेर १ अर्ब २ करोड ६१ लाख ११ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ८३ करोड ७४ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ४१.२० प्रतिशत बढेर १ अर्ब ८८ करोड ६३ लाख २८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३३ करोड ५९ लाख ९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समिक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २३.१४ प्रतिशत बढेर १ अर्ब ४६ करोड ५७ लाख ७२ हजार, खुद फि तथा कमिसन आम्दानी ३९८.१९ प्रतिशत बढेर ९६ लाख ३५ हजार रुपैयाँ, कूल सञ्चालन आम्दानी ४१.७२ प्रतिशत बढेर १ अर्ब ८९ करोड ५९ लाख ६३ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा २२.६३ प्रतिशत बढेर ८० करोड ८५ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।
गत असार मसान्तसम्ममा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेर २१ अर्ब ६० करोड रुपैयाँ, जगेडा कोष २७.६८ प्रतिशत घटेर १ अर्ब ७३ करोड ७० लाख ४३ हजार रुपैयाँ, निक्षेप १५.०६ प्रतिशत बढेर २ अर्ब १८ करोड ८० लाख २० हजार रुपैयाँ र कर्जा प्रवाह ५८२.८९ प्रतिशत बढेर १५ अर्ब ५३ करोड ९२ लाख ७५ हजार रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा प्रतिसेयर आम्दानी ५६ पैसा बढेर ४ रुपैयाँ ७५ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४.१९ रुपैयाँ रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात ५०.५२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ४ पैसा रहेको छ ।