प्रधानमन्त्री देउवाको गभर्नरलाई प्रश्न : ४/१२ को नीति के गर्नु हुन्छ ?

<p>काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग ४/१२ करोडको नीतिको विषयमा जिज्ञासा राखेको बुझिएको छ । बिहीबार चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा ब्रिफिङ गर्न पुगेका गभर्नर अधिकारीसँग मार्जिन प्रकृतिको ४/१२ करोड रुपैयाँको को विषयमा जिज्ञासा राखेको बुझिएको हो । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले धेरै समय [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग ४/१२ करोडको नीतिको विषयमा जिज्ञासा राखेको बुझिएको छ । बिहीबार चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा ब्रिफिङ गर्न पुगेका गभर्नर अधिकारीसँग मार्जिन प्रकृतिको ४/१२ करोड रुपैयाँको को विषयमा जिज्ञासा राखेको बुझिएको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले धेरै समय नभएको भन्दै संक्षिप्त रुपमा मौद्रिक नीतिको ब्रिफिङ गर्न लगाएका थिए । गभर्नर अधिकारीले पनि मुख्य विषयहरु प्रधानमन्त्री देउवासमक्ष राखेका थिए ।

‘गभर्नरज्यूले संक्षिप्त रुपमा यस्तो खालको मौद्रिक नीति आउँदैछ भनेर भन्नु भएको थियो, प्रधानमन्मन्त्रीज्यूले अहिलेको अर्थतन्त्रको माग अनुसारको नीति ल्याउन सुझाव दिनु भयो, अन्तिममा अहिले विरोध भइरहेको ४/१२ करोड रुपैयाँको मौद्रिक नीतिको विषयमा पनि प्रश्न गर्नु भएको थियो,’ स्रोतले भन्यो ।

जवाफमा गभर्नर अधिकारीले यसको अन्तिम रुप सञ्चालक समितिले दिने धारणा राखेका थिए ।

गभर्नरले सञ्चालकले अन्तिम रुपमा दिने भनेपछि प्रधानमन्त्रीले ४/१२ को नीति कायमै गर्दा र खारेज गर्दा पछाडिका. प्रभावको विषयमा पनि धारणा लिएका थिए । गभर्नरले त्यसको प्रभावको विषयमा बताएपछि प्रधानमन्त्रीले सकिन्छ भने पुनरावलोकन र सकिँदैन भने मिलाएर अगाडि बढ्न सुझाव दिएको स्रोतको भनाइ छ ।

उसो त ४/१२ को नीति खारेज वा पुनरावलोकन गर्न गभर्नर अधिकारी सकारात्मक छैनन् । तर, चौतर्फी रुपमा दबाब परेपछि र सञ्चालक समितिमा पनि बहुमत भएपछि उनी सो व्यवस्था खारेज गर्न वा पुनरावलोकेन गर्न बाध्य हुनेछन् । तर, उनले सञ्चालक समितिका सदस्यहरुलाई यस विषयमा कन्भिन्स गराउन सकेको खण्डमा भने ४/१२ को नीति परिवर्तन नहुने देखिन्छ ।

राष्ट्र बैंक आज (शुक्रबार) मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । अहिले राष्ट्र बैंकमा सञ्चालक समितिको बैठक बसिरहेको छ । बैठकले मौद्रिक नीति स्वीकृत गरे लगत्तै सार्वजनिक हुने बताइएको हो ।

Share News