आज मौद्रिक नीति आउने, के होला ४/१२ को नीति ?

<p>काठमाडौं । आज (शुक्रबार) मौद्रिक नीति सार्वजनिक हुने भएको छ । अहिले राष्ट्र बैंकमा सञ्चालक समितिको बैठक बसिरहेको छ । बैठकले मौद्रिक नीति स्वीकृत गरे लगत्तै सार्वजनिक हुने बताइएको हो । चालु आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक हुने मौद्रिक नीतिलाई धेरैले महत्वका साथ हेरेका छन् । देशको अर्थतन्त्र दबाबमा परिरहेको बेला राष्ट्र मौद्रिक नीतिमार्फत् [&hellip;]</p>

काठमाडौं । आज (शुक्रबार) मौद्रिक नीति सार्वजनिक हुने भएको छ । अहिले राष्ट्र बैंकमा सञ्चालक समितिको बैठक बसिरहेको छ । बैठकले मौद्रिक नीति स्वीकृत गरे लगत्तै सार्वजनिक हुने बताइएको हो ।

चालु आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक हुने मौद्रिक नीतिलाई धेरैले महत्वका साथ हेरेका छन् । देशको अर्थतन्त्र दबाबमा परिरहेको बेला राष्ट्र मौद्रिक नीतिमार्फत् नीतिगत व्यवस्था गरेर अहिलेको अवस्थालाई सुधारको दिशामा लिनु पर्ने धेरैको धारणा छ । त्यसैले पनि मौद्रिक नीति कस्तो आउँछ भन्ने कौतुहलता सबैमा छ ।

उसो त यसअघि पनि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कसिलो मौद्रिक नीति आउन सक्ने धारणा सार्वजनिक रुपमै राख्दै आइरहेका छन् । तर, कसिलो कुन–कुन क्षेत्रमा गरिन्छ, के कस्ता नीतिगत परिवर्तन गरिने हो भन्ने विषय चासोका रुपमा हेरिएको छ ।

अहिले महत्वपूर्ण रुपमा लिइको मार्जिन प्रकृतिको ४/१२ करोड रुपैयाँको सेयर धितो कर्जा हो । यो नीतिलाई खारेज गर्नु पर्ने वा पुनरावलोकन गर्नु पर्ने दबाब राष्ट्रबैंकसामू चौतर्फि रुपमा छ । तर, राष्ट्र बैंक भने यस विषयमा माैन छ ।

यस्तै, धेरैले अहिले राष्ट्र बैंकले  पोलिसी रेट बढाउन सक्ने चर्चा पनि गरिरहेका छन् । राष्ट्र बैंकले अनिवार्य तरलता अनुपात (सिआरआर) र स्थायी तरलता सुविधा (एसएलएफ बढाउन सक्ने अनुमान गरेका छन् ।

Share News