कारबाहीको डरले बैंकहरूले एक सातामै कायम गरे सीडी रेसियो, कुनको कति ?

<p>काठमाडौं । वाणिज्य बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८६.४१ प्रतिशत देखिएको छ । नेपाल बैंकर्स संघका अनुसार असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल सीडी रेसियो ८६.४१ प्रतिशत देखिएको हो । असार मसान्तसम्म सबैभन्दा बढी सीडी रेसियो नबिल बैंकको छ भने सबैभन्दा कम सीडी रेसियो प्रभु बैंकको छ । नबिल बैंकको सीडी रेसियो ८९.७९ प्रतिशत देखिएको छ [&hellip;]</p>

काठमाडौं । वाणिज्य बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८६.४१ प्रतिशत देखिएको छ । नेपाल बैंकर्स संघका अनुसार असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल सीडी रेसियो ८६.४१ प्रतिशत देखिएको हो ।

असार मसान्तसम्म सबैभन्दा बढी सीडी रेसियो नबिल बैंकको छ भने सबैभन्दा कम सीडी रेसियो प्रभु बैंकको छ । नबिल बैंकको सीडी रेसियो ८९.७९ प्रतिशत देखिएको छ भने सबैभन्दा कम सीडी रेसियो भएको प्रभु बैंकको ७८.३५ प्रतिशत छ ।

यस्तै, ग्लोबल आईएमई बैंकको ८९.२७ प्रतिशत, हिमालयन बैंकको ८८.८ प्रतिशत, कृषि विकास बैंकको ८८.७९ प्रतिशत र बैंक अफ काठमाण्डूको ८८.२१ प्रतिशत सीडी रेसियो देखिएको छ ।

कुनको कति ?

Share News