एक सातामै ४७ अर्बले बढ्यो बैंकहरुको निक्षेप, सीडी रेसियो ८६ प्रतिशतमा

<p>काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप तथा कर्जा लगानीमा वृद्धि भएको छ । गत साताको तुलनामा यो साता बैंकहरुको निक्षेप ४७ अर्ब रुपैयाँले बढेको छ भने कर्जा १ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघका अनुसार असारको अन्तिम सातामा बैंकहरुले ४५ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेका छन् । जुन अघिल्लो [&hellip;]</p>

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप तथा कर्जा लगानीमा वृद्धि भएको छ । गत साताको तुलनामा यो साता बैंकहरुको निक्षेप ४७ अर्ब रुपैयाँले बढेको छ भने कर्जा १ अर्ब रुपैयाँले बढेको छ ।

नेपाल बैंकर्स संघका अनुसार असारको अन्तिम सातामा बैंकहरुले ४५ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेका छन् । जुन अघिल्लो साता ४४ खर्ब ९४ अर्ब रुपैयाँ थियो । त्यस्तै, असारको पहिलो सातामा भने सो रकम ४३ खर्ब ९४ अर्ब रुपैयाँमा सीमित थियो ।

संघको तथ्यांक अनुसार बैंकहरुले असार अन्तिम सातासम्ममा ४१ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका छन् । जुन अघिल्लो साताको तुलनामा १ अर्ब रुपैयाँले बढी हो भने असारको पहिलो साताको तुलनामा १३ अर्ब रुपैयाँले घटी हो । असारको पहिलो सातामा यस्तो रकम ४१ खर्ब ८८ अर्ब रुपैयाँ थियो ।

यो अवधिमा बैंकहरुको सीडी रेसियो घटेर ८६.४१ प्रतिशतमा झरेको छ ।

Share News