काठमाडौं । बैंकिङ कसुरकी फरार प्रतिवादी चितवनकी बन्दना उप्रेती पक्राउ परेकी छिन् ।नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले (सीआईबी) ले उप्रेतीलाई बुधबार काठमाडौंको चण्डोलबाट पक्राउ गरेको हो ।
उप्रेतीले निजलाई पैसा नभएको प्राइम कमर्सियल बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो ।
उच्च अदालत पाटनले बैंकिङ कसुरमा गएको असार ५ गते फैसला गर्दै उप्रेतीलाई बैकिङ कसुर अन्तरगत एक करोड ५९ लाख रुपैयाँ जरिवानासहित ३० दिन कैद भुक्तानीको फैसला सुनाएको थियो ।