काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकबीच स्मार्ट क्युआर मार्फत भुक्तानी सेवा प्रदान गर्नको लागि सम्झौता सम्पन्न भएको छ ।
स्मार्टच्वाइस टेक्नोलोजिजको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले सो सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरे ।
यस सम्झौता पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकबीच स्मार्ट क्युआर प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ ।