काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र रुपन्देहीस्थित सत्य ओमकार डेन्टल होमबीच सम्झौता भएको छ । बैंक र डेन्टलबीच बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने सम्झौता भएको हो ।
सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले सत्य ओमकार डेन्टल होमका विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ ।
बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । त्यसैगरी, आफ्ना कार्डबाहकहरुको सुविधालाई ध्यानमा राखी नेपाल भित्रका जुनसुकै बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था पनि बैंकले विभिन्न वचत खातामा गरेको छ ।