काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकसँग आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा व्रिफ्रिङ लिएका छन् । बिहीबार गभर्नर महाप्रसाद अधिकारीसहितको राष्ट्र बैंकको टोलीलाई बालुवाटारमै बोलाएर प्रधानमन्त्री देउवाले मौद्रिक नीतिको ब्रिफ्रिङ लिएका हुन् ।
व्रिफ्रिङ लिँदै देउवाले सबैलाई सहज हुने खालको नीति ल्याउन राष्ट्र बैंकलाई निर्देशन दिएका छन् । अर्थमन्त्रीको समेत भूमिकामा रहेको प्रधानमन्त्री देउवाले अहिलेको अर्थतन्त्रलाई सुधारको बाटोमा जाने किसिमको मौद्रिक नीति ल्याउन निर्देशन दिएका हुन् ।
‘अहिलेको ब्यापार घाटा, विदेशी मुद्रामा पर्दै गएको चापलाई सहज हुने र निजी क्षेत्रलाई पनि सहज हुने खालको मौद्रिक नीति ल्याउन प्रधानमन्त्रीले निर्देशन दिनु भएको छ’ राष्ट्र बैंक स्रोतले भन्यो ।
स्रोतका अनुसार प्रधानमन्त्री देउवाले वर्तमान अर्थतन्त्रकाे विषयमा पनि चिन्ता व्यक्त गरेका थिए । उनले आफू अर्थतन्त्रकाे विषयमा धरै चिन्तित भएकाे बताउँदै परिस्थित सुहाँउदा माैद्रिक नीति ल्याउन पनि सुझाव दिएका छन् । प्रधानमन्त्री र गभर्नर अधिकारीबीच पनि वर्तमान अर्थतन्त्रको विषयमा छलफल भएको थियो ।