सिभिल बैंकको सेयर कारोबार रोक्का

<p>काठमाडौं । दोश्रो बजारमा सिभिल बैंकको सेयर कारोबार रोक्का भएको छ । हिमालयन बैंकसँगै एक्वायर हुने भएसँगै नेप्सेले असार ३० गतेदेखि सिभिलको सेयर कारोबार रोक्का गरिदिएको हो । हिमालयनले सिभिललाई एक्वायर गर्न असार २९ गते प्रारम्भिक सम्झौता गरेको हो । दुई बैंकबीच १००ः८१ को अनुपातमा प्राप्ति गर्ने तथा गराउने सहमति भएको हो । अन्तिम कारोबारमा [&hellip;]</p>

काठमाडौं । दोश्रो बजारमा सिभिल बैंकको सेयर कारोबार रोक्का भएको छ । हिमालयन बैंकसँगै एक्वायर हुने भएसँगै नेप्सेले असार ३० गतेदेखि सिभिलको सेयर कारोबार रोक्का गरिदिएको हो ।

हिमालयनले सिभिललाई एक्वायर गर्न असार २९ गते प्रारम्भिक सम्झौता गरेको हो । दुई बैंकबीच १००ः८१ को अनुपातमा प्राप्ति गर्ने तथा गराउने सहमति भएको हो ।

अन्तिम कारोबारमा सिभिलको सेयर ८.२३ प्रतिशतले बढेर प्रतिकित्ता २१३ रुपैयाँ पुगेको थियो ।

यो पनि पढ्नुहोस्

हिमालयन-सिभिल मर्जर : साढे २० अर्ब पुँजी, कर्मचारीको हैसियत बराबर, अन्य सूचकमा कस्तो ?

Share News