काठमाडाैं । नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बैंकमा रिक्स बढेर नाफा घटेकाे बताएका छन् । बुधबार नेपाल चार्टर्ड एकउण्टेन्टस संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले स्रोत व्यवस्थापन नेपालमा सबैभन्दा ठूलो चुनौति भएकाे बताए । ‘रिक्स र रिटर्न सँसँगै आउने हो । विगत ३ वर्षको दई खर्ब पैसा अहिलेसम्म फर्किएको छैन,’ उनले भने ।
राम्राे रिटर्न र ब्यालेन्ससिट राम्रो दिने हो भने केही जोखिम ट्रान्सफर गर्नुपर्ने उनी बताउँछन् । ‘दीर्घकालिन स्रोतको व्यवस्थापन र पुँजिगत खर्च गरेर मूल्य स्थीर बनाउनु पर्छ ।
बण्ड, डिबेन्चर द्वारा स्रोत व्यवस्थापन गर्नुपर्छ, उनले भने ।
यस्तै, अध्यक्ष उपाध्यायले सीआरआर पनि ३ प्रतिशतबाट ४ प्रतिशत बनाउन सकिने बताए ।