काठमाडौं । एनआईसी एशिया बैंकले निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने योजना ल्याएको छ । बैंकले असार १२ गतेदेखि सर्वाधिक उच्च ब्याजदर सहितको नवीनतम ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको हो ।
बैंकले यो योजना व्यक्तिगत, संस्थागत एवं रेमिन्टास ग्राहक लक्षित गरि ल्याएको हो ।
२०७९ असार महिनाभरि लागू हुने यो योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार डबलदेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् । निक्षेपकर्ताले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशत बराबर रकम कर्जा समेत लिन सक्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार यसअघि ल्याइएका योजनाको तुलनामा यो योजनामा थप बढी फाइदाहरु रहेको छ ।
योजनाको विभिन्न अवयवहरुलाई निम्नानुसार तालिकामा देखाइएको छ :
यसअघि बैंकको ५ वर्षसम्म कुल ८४ लाख रुपैयाँसम्मको बीमा सुनिश्चित गर्ने अतुलनिय फाइदाहरुसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा रहेका छन् ।