एनएमबि बैंक र टानबीच समझदारी, डिजीटल भुक्तानीमा सहजता

<p>काठमाडौं । एनएमबि बैंक र ट्रेकिङ्ग एजेन्सीज् एसोसिएशन अफ नेपाल (टान) बीच डिजीटल सेवालाई प्राथमिकता दिनको लागी समझदारी भएको छ । उक्त समझदारी पत्र मार्फत टानका सदस्यहरुले एनएमबि बैकको डिजीटल सेवाहरु सजीलै उपभोग गर्न सक्नेछन् । एनएमबि बैंकले डिजीटल सेवाहरु वी च्याट, पोस, क्युआर र पेमेन्ट गेटवे जस्ता सुविधाहरु प्राथमिकताको साथ प्रवाह गदै आईरहेको छ [&hellip;]</p>

काठमाडौं । एनएमबि बैंक र ट्रेकिङ्ग एजेन्सीज् एसोसिएशन अफ नेपाल (टान) बीच डिजीटल सेवालाई प्राथमिकता दिनको लागी समझदारी भएको छ ।

उक्त समझदारी पत्र मार्फत टानका सदस्यहरुले एनएमबि बैकको डिजीटल सेवाहरु सजीलै उपभोग गर्न सक्नेछन् । एनएमबि बैंकले डिजीटल सेवाहरु वी च्याट, पोस, क्युआर र पेमेन्ट गेटवे जस्ता सुविधाहरु प्राथमिकताको साथ प्रवाह गदै आईरहेको छ । उक्त सेवाहरुले गर्दा टानका सदस्यहरुलाई ब्यापार व्यवसायमा सहजीकरण हुने विश्वास बैंकले लिएको छ ।

एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोवारहरुको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरु सञ्चालन गर्दै आएको छ ।

उक्त समझदारीमा बैंकको तर्फबाट प्रमुख ब्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र टानको तर्फबाट अध्यक्ष खुब बहादुर सुबेदीले हस्ताक्षर गरेका हुन ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

Share News