विश्व बैंकको उप-क्षेत्रिय कार्यालय काठमाडौंमा, अर्थमन्त्रीले गरे उद्घाटन

<p>काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले विश्व बैंकको नयाँ क्षेत्रिय कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेका छन् । काठमाडौंको दरबारमार्गस्थित पुननिर्माण पश्चात् तयार भएको विश्व बैंकको नयाँ क्षेत्रिय कार्यालयको उनीहरुले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । याेसँगै श्रीलंकामा अवस्थित उप–क्षेत्रीय कार्यालय विधिवत् रुपमा नेपालमा सरेको छ । अब यहीं कार्यालयबाट [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले विश्व बैंकको नयाँ क्षेत्रिय कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेका छन् । काठमाडौंको दरबारमार्गस्थित पुननिर्माण पश्चात् तयार भएको विश्व बैंकको नयाँ क्षेत्रिय कार्यालयको उनीहरुले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

याेसँगै श्रीलंकामा अवस्थित उप–क्षेत्रीय कार्यालय विधिवत् रुपमा नेपालमा सरेको छ । अब यहीं कार्यालयबाट नेपाल, माल्दिभ्स र श्रीलंकाको कार्य संचालन हुनेछ ।

नयाँ क्षेत्रिय कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखी भरपर्दो साझेदारका रुपमा रहीआएको बताए । सन् १९६९ मा विश्व बैंकबाट पहिलो पटक १७ लाख अमेरिकी डलर बराबरको सहयोग लिएकोमा हाल विश्व बैंकको बित्तीय सहयोगमा संचालित २५ आयोजनाहरुमा करिब ३ अर्ब अमेरिकी डलर बराबरको प्रतिबद्धता प्राप्त भइसकेको छ ।

कार्यालयको विस्तार र स्तरोन्नतीसँगै संस्थामा काम गर्ने कर्मचारीको जिम्मेवारी पनि बढ्ने मन्त्री शर्माले बताएका थिए । ‘विश्व बैंकले वित्तीय श्रोतलगायत ज्ञान, अनुभव र विश्वव्यापी असल अभ्यास पनि आदान प्रदान गर्दछ । विश्व बैंक अनुभवी र विषय विज्ञले भरिएको संस्थाका रुपमा चिनिदै आएको छ’ उनले भने, ‘त्यसको लाभ नेपालले पनि लिने विश्वास गरेको छु ।’

विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमले सन् २००७ देखी नेपालमा काम शुरु गरेको र यसले निजी क्षेत्रको सहयोग तथा सहजीकरण गर्ने भएकाले नेपालका निजी क्षेत्र समेत लाभान्वित हुने विश्वास लिएको मन्त्री शर्माले बताएका छन् ।

Share News