काठमाडौं । अब काठमाडौंका घरधनीले सिँधै बैंकमार्फत् कर बुझाउनु पर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै घरवाहाल कर लगायतका करहरु बैंकमार्फत् नै बुझाउने प्रणाली लागू गरेको बताए ।
उनले यसका लागि महानगरका सबै वडामा बैंकको एक्सटेन्स काउण्टर स्थापना गर्ने काम भइरहेको बताए ।