काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका – ०१ रमदैया भवाडीमा शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले असार ३ गतेबाट उक्त स्थानमा ९४ औं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।
सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी शम्भु यादवलाई बैंकले व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ ।
उक्त शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको बैंकले जनाएको छ ।
सिटिजन्स बैंकले आफ्ना १७५ वटा शाखा, १२५ वटा ए.टि.एम. र ९४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।