गभर्नर अधिकारी स्वीजरल्याण्ड जाँदै

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी स्वीजरलयाण्ड जाने भएका छन् । असार ११ र १२ गते स्वीजरल्याण्डमा आयोजना हुने नाइन्टी सेकेण्ड एनियल जनरल मिटिङ अफ द बैंक अफ इन्टरनेशनल सेटलमेण्ट विषय कार्यक्रममा भाग लिन स्वीजरल्याण्ड जाने भएका हुन् । त्यसका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृति पनि दिइसकेको छ । उनी स्वीकजरल्याण्डबाट फर्केर आगामी आर्थिक [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी स्वीजरलयाण्ड जाने भएका छन् ।

असार ११ र १२ गते स्वीजरल्याण्डमा आयोजना हुने नाइन्टी सेकेण्ड एनियल जनरल मिटिङ अफ द बैंक अफ इन्टरनेशनल सेटलमेण्ट विषय कार्यक्रममा भाग लिन स्वीजरल्याण्ड जाने भएका हुन् ।

त्यसका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृति पनि दिइसकेको छ । उनी स्वीकजरल्याण्डबाट फर्केर आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि तयारी गर्ने बताइएको छ ।

Share News