नबिल बैंकले व्यवसाय गरिरहेका युवालाई क्यूआर कारोबारमा १० प्रतिशत क्यासब्याक दिने

<p>काठमाडौं । नबिल बैंकले महिला तथा युवालक्षित क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ । नबिल बैंकले संयुक्त राष्ट्र पूँजी विकास कोषसँगकाे सहकार्यमा &#8216;क्यूआर कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन&#8217; परियोजना अन्तर्गत यो योजना सुरु गरेका हो । विशेष गरी कोभिड १९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधान मार्फत महिला र [&hellip;]</p>

काठमाडौं । नबिल बैंकले महिला तथा युवालक्षित क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ । नबिल बैंकले संयुक्त राष्ट्र पूँजी विकास कोषसँगकाे सहकार्यमा ‘क्यूआर कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवर्द्धन’ परियोजना अन्तर्गत यो योजना सुरु गरेका हो ।

विशेष गरी कोभिड १९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधान मार्फत महिला र युवाहरूको प्रवर्द्धन गर्ने उदेश्यको साथ यो योजना सुरु गरिएको बैंकले जनाएकाे छ ।

बैंककाे अनुसार युवा भन्नाले यस परियोजनामा संयुक्त राष्ट्र संघको परिभाषा अनुसार १८ देखि २४ वर्षको उमेरकम आपनो स्वामित्वमा व्यवसाय भएकाहरु भनेर बुझ्नुपर्ने छ । यसअधि नयाँ वर्षको अवसरमा पनि नबिल बैंकले यस्तै क्यासब्याक योजना सार्वजनिक गरेको थियो ।

एक महिनाको लागि संचालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने पहिलो क्यूआर कारोबारमा १० प्रतिशत वा अधिकतम प्रति कारोबार २०० नगद फिर्ता दिइनेछ । यो योजना असार महिनाभरी लागु हुने बताइएकाे छ

बैंकले हाल १५० शाखा, १८७ एटिएम र १५ सय भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

Share News