काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र धनगढीस्थित किसान समूहबीच कृषि उत्पादकत्व वृद्धिको लागि सहकार्य गर्ने सम्झौता भएको छ । बैंक र समूहबीच किसानलाई ट्रयाक्टर खरिद गर्न लगानी गर्ने बारे सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट कृषि तथा विपन्न वर्ग कर्जा प्रमुख प्रविन कुमार दाहाल र किसान समूहका तर्फबाट प्रबन्ध निर्देशक शाह नवाज आलमले हस्ताक्षर गरेका छन् ।
योसँगै किसान समूहबाट सिफारिस भएका ग्राहकहरुलाई सेञ्चुरी कमर्सियल बैंकको सम्पूर्ण शाखा कार्यालयहरुले सोलिस र सोनालिका ट्रयाक्टर खरिद गर्न विपन्न वर्ग कर्जा अन्तर्गत ऋण प्रदान गर्ने छ ।