काठमाडौं । नबिल बैंकले आफ्नो नाममा गलत प्रचार भइरहेको बताएको छ । बैंकले एक सूचना जारी गर्दै कसैले आफ्नो नाममा ‘फेक फेसबुक पेज’ बनाएर गलत प्रचार गरिरहेको जानकारी गराएको हो ।
साथै, उक्त फेक फेसबुक पेजले ग्राहकहरुलाई नगद उपहार परेको जस्ता भ्रामक सूचनाहरु प्रवाह गरेको भन्दै बैंकले सबैलाई सचेत रहन आग्रह गरेको छ ।
यससँगै, नबिल बैंकको ब्लु टिक भएको फेसबुक पेज मात्र आधिकारीक पेज मान्न सबैमा सूचित गराएको छ ।