काठमाडौं । भारत सरकारले सरकारी स्वामित्व रहेको आईडीबीआई बैंकलाई निजीकरण गर्ने भएको छ । भारत सरकारले आईडीबीआई बैंकलाई निजीकरणबारे आफ्नो अडान प्रष्ट पारेको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार भारत सरकारले ४५.४८ प्रतिशत सेयर स्वामित्व रहेको बैंकको सम्पूर्ण सेयर बिक्री गर्ने भएको हो । सो बैंकमा एलआईसीको ४९.२४ प्रतिशत हिस्सा छ ।
सरकारले आईडीबीआई बैंकलाई निजी बनाउने तयारी पनि थालिसकेको छ । निजीकरणको विरोधमा सरकारी कर्मचारी भने निरन्तर हडतालमा छन् । तर, पनि सरकारले आफ्नो अडान स्पष्ट गरेको छ । सरकारले आईडीबीआई बैंकको निजीकरणको प्रक्रिया जुलाईदेखि सुरु गर्ने भएको जनाएको छ ।
भारत सरकारले असार मसान्तसम्ममा बैंकको निजीकरणका लागि प्रारम्भिक टेण्डर आह्वान गर्न बताइएको छ । भारत सरकारले सरकारी स्वामित्व रहेका विभिन्न एक दजर्न संस्थान तथा कम्पनीहरुको सेयर बिक्रीको तयारीमा रहेको छ ।