कामना सेवा विकास बैंकको शाखारहित बैंकिङ्ग सेवा मोरङ्गको मिक्लाजुङमा

<p>काठमाडौं । कामना सेवा विकास बैंकले थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले शुक्रबारबाट मोरङ्ग जिल्लाको मिक्लाजुङमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । वडा नं. ०३ का वडा अध्यक्ष सन्तोष कुमार थापा मगरले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । बैंकले [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंकले थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले शुक्रबारबाट मोरङ्ग जिल्लाको मिक्लाजुङमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

वडा नं. ०३ का वडा अध्यक्ष सन्तोष कुमार थापा मगरले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । बैंकले सिमन इन्टरप्रइजेजको प्रो. गणेश प्रसाद भट्टराईलाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ ।

शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने बैंकले जानकारी दिएको छ ।

Share News