मोरङको गछियामा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

<p>काठमाडौं । सिभिल बैंकले मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिका, वडा नं ३, गछियामा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन राष्ट्रिय सभा सदस्य माननीय रमेश जंग रायमाझीेले गरे । योसँगै अब उक्त क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टर मार्फत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसँग गर्न सक्नेछन । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा प्रमुख [&hellip;]</p>

काठमाडौं । सिभिल बैंकले मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिका, वडा नं ३, गछियामा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन राष्ट्रिय सभा सदस्य माननीय रमेश जंग रायमाझीेले गरे ।

योसँगै अब उक्त क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टर मार्फत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसँग गर्न सक्नेछन ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा प्रमुख अतिथि माननिय रमेश जंग रायमाझी, उद्योग संगठन मोरङका उपाध्यक्ष भोलेश्वर दुलाल, सिभिल बैंकका कायम मुकायम प्रमुख संचालन अधिकृत युवराज गुरागाईँ, प्रदेश नं। १ का प्रमुख राजेश ढकाल लगायतको उपस्थिति रहेको थियो ।

सात लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित १२ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ । साथै बैंकको हालसम्म ९७ एटिएम रहेका छन् । बैंकले हालसम्म करिब ९२ अर्व निक्षेप परिचालन गरी रु। ८७ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

Share News