काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप संकलन सुधार हुँदै गएको देखिएको छ । नेपाल बैंकर्स संघका अनुसार जेठ तेस्रो सातासम्म बैंकहरुको निक्षेप संकलन २० अर्ब रुपैयाँले बढेको हो ।
बैशाख मसान्तसम्म कुल ४३ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप रहेको बैंकहरुमा जेठ तेस्रो सातासम्म कुल ४३ खर्ब ९० अर्ब रुपैयाँ कायम भएको हो ।
यस्तै, कर्जा लगानी भने ५ अर्ब रुपैयाँले मात्रै बढेको छ । बैशाख मसान्तसम्म कुल ४१ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले जेठ तेस्रो सातासम्म कुल ४१ खर्ब ९६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
यस्तै बैंकहरुको सीडी रेसियो ९०.२३ प्रतिशत कायम भएको छ ।