एनएमबि बैंकले ग्रिन फिक्सड डिपोजिट खाता भएको ग्राहकको नाममा गर्यो वृक्षारोपण

<p>काठमाडौं । एनएमबि बैंकले नागार्जूनस्थित श्यामेश्वर गणेशमान स्मृती सामुदायिक वनमा विभिन्न प्रकारका फलफुलका विरुवा रोपेको छ । बैंकले सामुदायिक वनमा एनएमबिमा ग्रिन फिक्सड डिपोजिट खाता भएका ग्राहकहरुको नाममा विभिन्न प्रजातीका १२५ विरुवा रोपेको हो । बैंकले ल्याएको ग्रिन फिक्सड डिपोजिट योजना ग्राहकलाई बैंकले उचित प्रतिफल प्रदान गर्ने मात्र नभई वातावरण संरक्षण र आर्थिक लाभ एकैसाथ प्राप्त गर्न सकिन्छ [&hellip;]</p>

काठमाडौं । एनएमबि बैंकले नागार्जूनस्थित श्यामेश्वर गणेशमान स्मृती सामुदायिक वनमा विभिन्न प्रकारका फलफुलका विरुवा रोपेको छ । बैंकले सामुदायिक वनमा एनएमबिमा ग्रिन फिक्सड डिपोजिट खाता भएका ग्राहकहरुको नाममा विभिन्न प्रजातीका १२५ विरुवा रोपेको हो ।

बैंकले ल्याएको ग्रिन फिक्सड डिपोजिट योजना ग्राहकलाई बैंकले उचित प्रतिफल प्रदान गर्ने मात्र नभई वातावरण संरक्षण र आर्थिक लाभ एकैसाथ प्राप्त गर्न सकिन्छ भन्ने सन्देश दिन बनाएको बैंकले जनएको छ ।

उक्त कार्यक्रममा सामुदायीक बनका अध्यक्ष अर्जुन राज पुरी, सहायक वन अधिकृत श्रीमती सरस्वति अर्याल, बैंकका कर्मचारीहरु लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।

 

Share News