काठमाडौं । चेक बाउन्स गर्ने बानेश्वरका दुई महिला पक्राउ परेका छन् । बैंकिङ कसुरको मुद्धा लागेका ४२ वर्षिय कविता सुब्बा कालोपुल र ३९ वर्षिय लिना श्रेष्ठ गिरी मंगलबार नयाँबस्तीबाट पक्राउ परेका हुन् ।
सुब्बा र श्रेष्ठले निजलाई पैसा नभएको बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । सुब्बालाई २०७६ साल फागुन ६ गते र श्रेष्ठलाई २०७६ साल माघ १९ गते उच्च अदालत पाटनले दोषी ठहर गरेको थियो ।
सुब्बालाई अदालतले ५० लाख र श्रेष्ठलाई ५४ लाख ५० हजार जरिवानासहित १५-१५ दिनको जेल सजाए सुनाएको थियो ।