काठमाडौं । ज्योति विकास बैंकले साखु शाखा अन्तर्गतको जहरसिंपौवा विस्तारित काउन्टरको औपचारिक उद्घाटन गरेको छ । बैंकको संजाल थप सुदृढ गर्ने क्रममा बैंकले काठमाडौंमा नयाँ विस्तारित काउन्टरको औपचारिक सुरुवात गरेको हो ।
जहरसिंपौवा विस्तारित काउन्टरको समुद्घाटन शंखारापुर नगरपालिका वडा नं.०३ का वडा अध्यक्ष सुर्य बहादुर तामाङ र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए ।
विस्तारित काउन्टर उद्घाटनको अवसरमा बैंकले जहरसिंपौवा विस्तारित काउन्टरका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै क्युआर काेड, नि: शुल्क डलर कार्ड जारी, नि: शुल्क डिम्याट खाता, निस्शुल्क मेरोसेयर रजिस्ट्रेशन, नि: शुल्क डेबिट कार्ड, नि: शुल्क मोबाईल बैंकिंग सेवा, नि: शुल्क इन्टरनेट बैंकिंङ सेवा, सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ।
हालसम्म ज्योति विकास बैंकले ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६४ वटा ब्त्ः मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।