नबिल बैंकले यही जेठ २५ गते के ल्याउँदै छ ? हेर्नुहोस्

<p>काठमाडौं । नबिल बैंकले यही जेठ २५ गते आइतबारको दिन नयाँ निक्षेप योजना सार्वजनिक गर्ने भएको छ । युवा लक्षित बचत योजना न्यू जेनेरेसन नेपाल’ सार्वजनिक गर्ने जनाएको छ । सो बचत योजनामा सहभागी बचतकर्ताले अन्य बचत योजनाभन्दा केही बढी ब्याज पाउने बताउँदै बैंकका कार्यकारी अधिकृत अनिल केशरी शाहले उक्त योजना पूर्णरुपमा प्रविधि केन्द्रित रहने [&hellip;]</p>

काठमाडौं । नबिल बैंकले यही जेठ २५ गते आइतबारको दिन नयाँ निक्षेप योजना सार्वजनिक गर्ने भएको छ । युवा लक्षित बचत योजना न्यू जेनेरेसन नेपाल’ सार्वजनिक गर्ने जनाएको छ ।

सो बचत योजनामा सहभागी बचतकर्ताले अन्य बचत योजनाभन्दा केही बढी ब्याज पाउने बताउँदै बैंकका कार्यकारी अधिकृत अनिल केशरी शाहले उक्त योजना पूर्णरुपमा प्रविधि केन्द्रित रहने जानकारी दिए ।

‘युवालाई लक्षित गर्दै बचत गराउने उदेश्यले यो योजना सार्वजनिक गर्न लागेको शाहले बताए । युवाले बैंकिङ प्रविधिको पूर्ण प्रयोगबाट बचत गर्न पाउने उनको भनाइ छ ।

पछिल्लाे समय  बैंकले निक्षेपको ब्याज बढाउन नसकिरहेको अवस्थामा बैंकले सार्वजनिक गर्ने सो बचत योजनाले युवा निक्षेपकर्तालाई आकर्षित गर्न खाेजेकाे अनुमान लगाउन सकिन्छ ।

Share News