प्रदेश १ मा कोरोना रोकथामकाे लागी गोर्खाज फाईनान्सको दुई लाख सहयाेग

<p>काठमाडौं । गोर्खाज फार्ईनान्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश १ सरकारलाई दुई लाख रुपैया सहयोग गरेको छ । फाईनान्सले कोरोना भाईरस महामारि रोकथाम तथा उपचारका लागी प्रदेश सरकारले खडा गरेको राहत कोषका लागी सहयोग गरेको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ज्यू लाई फार्ईनान्सका संचालक डेकिन्द्र राई तथा गोर्खा समुहका अध्यक्ष पुरन्जन [&hellip;]</p>

काठमाडौं । गोर्खाज फार्ईनान्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश १ सरकारलाई दुई लाख रुपैया सहयोग गरेको छ ।

फाईनान्सले कोरोना भाईरस महामारि रोकथाम तथा उपचारका लागी प्रदेश सरकारले खडा गरेको राहत कोषका लागी सहयोग गरेको हो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ज्यू लाई फार्ईनान्सका संचालक डेकिन्द्र राई तथा गोर्खा समुहका अध्यक्ष पुरन्जन राई गोर्खा समुह सदस्य यादप राई, खोटाङ्ग जिल्ला संघिय सांसद बिसाल भट्टराईको उपस्थिीतीमा फार्ईनान्सका प्रमुख कार्यकारी अधिकृतले लाल बहादुर थिङ्ग ले उक्त रकमको चेक हस्तान्तरण गरे ।

मुख्यमन्त्री शेरधन राई ज्यूले कोरोना महामारिको बिषम परिस्थीतीमा फार्ईनान्सले प्रदेश १ सरकारलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । फार्ईनान्सका संचालक डेकिन्द्र राईले यस्तो संकटमा प्रदेशले सञ्चालन गरिरहेको अभियानलाई वित्तिय संस्थाले सक्ने सहयोग गर्ने बताए ।

Share News