विकासका एजेण्डमा सरकार र निजी क्षेत्रको एउटै आवाज, अन्य देशमा भएका राम्रा अनुभवबाट सिक्नुपर्छः मन्त्री यादव

<p>काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले समयको गतिलाई समाप्त सके मात्र समृद्धिको सपना साकार हुने बताएका छन् । उनले नजानेको विषय लुकाउने गर्दा समस्यामा आउने गरेको भन्दै अन्य देशमा भएका राम्रा अनुभवबाट सिक्नुपर्नेमा जोड दिए । दुई दिने सम्मेलनको समापन समारोहमा बोल्दै मन्त्री यादवले विकासका लागि स्रोत साधन, प्रविधि र शिप आवश्यक [&hellip;]</p>


काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले समयको गतिलाई समाप्त सके मात्र समृद्धिको सपना साकार हुने बताएका छन् । उनले नजानेको विषय लुकाउने गर्दा समस्यामा आउने गरेको भन्दै अन्य देशमा भएका राम्रा अनुभवबाट सिक्नुपर्नेमा जोड दिए । दुई दिने सम्मेलनको समापन समारोहमा बोल्दै मन्त्री यादवले विकासका लागि स्रोत साधन, प्रविधि र शिप आवश्यक रहने बताए ।

उनले निजी लगानीविना समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्त नहुने बताए । सरकारले लगानी सुरक्षाको प्रत्याभुति गर्ने वताउदै उनले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरे ।  ‘नीति नियम सुधार गर्न सरकार तयार छ, ढुक्क भएर लगानी गर्नुभए हुन्छ’ उनले भने ।

नेपाललाई मजदुरको देश भन्दा चित्त दुखेको प्रंसग उल्लेख गर्दै विकासको आकांक्षा पूरा गर्न सहकार्यमा जोड दिए । आन्तरिक उत्पादनमा ध्यान नपुग्दा बाहिर माग भए पनि पुर्याउन नसकिएको उनको भनाइ थियो । विकासका एजेण्डमा सरकार र निजी क्षेत्रको एउटै आवाज हुनुपर्नेमा जोड दिए । ‘नेपालमा लगानी गर्न सहज वातावरण सरकारले बनाउँछ, लगानीको लागि सबै क्षेत्र खाली छ, आउनुस लगानी गर्नुस’ लगानीकर्तालाई आग्रह गरे ।

नेपाल उद्योग परिसंघका अध्यक्ष शतिसकुमार मोरले दिगो पूर्वाधार विकास अहिलको आवश्कता रहेकोमा जोड दिनुभयो । उहाँले सम्मेलनमा प्राप्त भएका प्रतिवद्धता कार्यान्वयन हुनेमा आशाबादी भएको बताए ।

‘संक्रमणको अन्त्य गर्न पूर्वाधारको विकास र दृढ इच्छाशक्ति महत्वपूर्ण हुन्छ’ उहाँले भन्नुभयो । सरकार स्वम पूर्वाधार सम्मेलनमा सहभागी हुने सरकात्मक भएको भन्दै निजी लगानी परिचालन भए आर्थिक क्रान्ति सफल हुने बताए ।
सम्मेलनको नलेज पार्टनरको रुपमा रहेको केपीएमजीका उप प्रमुख कार्यकारी अधिकृत अखिल बंसलले छोटो समयमा नेपालले लिएको स्तरोन्नतीको लक्ष्य प्राप्त गर्न सहज नभएपनि त्यसतर्फको यात्रा प्रारम्भ हुनु सह्रायिन कार्य भएको बताए ।

उर्जा र पर्यटन क्षेत्रबाट सबैभन्दा सजिलै छिटो प्रतिफल लिन सकिने भन्दै त्यस क्षेत्रमा लगानी बढाउन सके विकासको गति वृद्धि हुने बताए ।

समापन समारोहमा परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले पूर्वधार सम्मेलन उपलब्धीपूर्ण भएको बताउनुभयो । सम्मेलनमा पूर्वाधारका आइडियाहरुलाई एकै ठाँउमा जुटाउनुको साथै उत्कृष्ठ आइडियाहरुलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए । प्रस्तुत गरिएका आइडियामध्ये तीन वटा आइडियालाई पुरस्कृत गरिएको छ । थाइल्याण्डका पूर्व परराष्ट्र मन्त्री सुविन पिङक्यानले ऊर्जा निर्यात गर्ने गरी उत्पादन गर्न नेपाललाई सुझाव दिए ।

Share News