एकीकृत सहुलियत मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत

<p>काठमाडौँ । सरकारले सोमबारदेखि दशैँतिहार तथा छठका लागि एकीकृत सहुलियत मूल्य पसल सञ्चालन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले एकीकृत सहुलियत मूल्य पसल शुभारम्भ गरेका हुन् । सो अवसरमा उनले किसान र उपभोक्ता दुवैले राम्रोसँग चाडपर्व मनाउन भन्ने उद्देश्यले सरकारले एकीकृत सहुलियत मूल्य पसल सञ्चालन गरेको जानकारी गराए । उनले नेपाल सरकारले [&hellip;]</p>


काठमाडौँ । सरकारले सोमबारदेखि दशैँतिहार तथा छठका लागि एकीकृत सहुलियत मूल्य पसल सञ्चालन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले एकीकृत सहुलियत मूल्य पसल शुभारम्भ गरेका हुन् ।

सो अवसरमा उनले किसान र उपभोक्ता दुवैले राम्रोसँग चाडपर्व मनाउन भन्ने उद्देश्यले सरकारले एकीकृत सहुलियत मूल्य पसल सञ्चालन गरेको जानकारी गराए । उनले नेपाल सरकारले बजार व्यवस्था सुव्यवस्थित गरी उपभोक्तालाई बढीभन्दा बढी सहुलियत दिएर दशैँतिहार मनाउने व्यवस्था गरेको बताउँदै जनता कालोबजारीबाट नठगिन सचेत गराए ।

मन्त्री यादवले सुपथ मूल्यका पसल निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिए । मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले आगामी कात्तिक १७ गतेसम्म सहुलियत मूल्य पसल सञ्चालनमा रहने जानकारी गराउँदै यसबाट उपभोक्ता लाभान्वित हुने बताए । उनले सहुलियत पसल खोलेर बजारमा हस्तक्षेप नगरेको बताए ।

नेपाल चेम्बर अफ कमर्स प्रदेश नं-३ का अध्यक्ष कृष्णमान श्रेष्ठले उपभोक्ताले मात्र नभइ किसानले पनि चाडपर्व मनाउनुपर्ने भएकाले किसानलाई पनि केन्द्रित गरेर सस्तोमा सामान उपलब्ध गराउने तथा कृषिजन्य वस्तुको परल भाउ पाउनुपर्नेमा जोड दिए ।

दुग्ध विकास संस्थानका आयोजना प्रमुख राजेन्द्रप्रसाद अधिकारीले उपभोक्ताका लागि संस्थानले उत्पादन गरेका वस्तु दशैँतिहारका लागि पुरानै मूल्य कायम गरेको र किसानको मागअनुरुप दूधमा प्रतिलिटर रु छ रुपैँया वृद्धि गरेको जानकारी गराए ।

राष्ट्रिय उपभोक्तामञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सरकारले दशैँको मुखमा दूधमा प्रतिलिटर रु छ रुपैयाँ वृद्धि गरेकोमा आपत्ति जनाए । साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सरकारको नीति निर्देशनअनुसार चिनी र नूनको भाउमा सहुलियत दरमा बिक्री व्यवस्थापन गरेको बताइन् ।

सोमबारदेखि सञ्चालनमा ल्याइएको सो पसलमा चिनी, मैदा पिठो, चामल, चिउरा तथा गेडागुडी प्रतिकेजी तथा बोरामा रु पाँचदेखि अधिकतम रु २५ सम्म छुट दिएको छ ।

Share News