आईसीटी अवार्ड वितरण साउन ३२ गते, विजेतालाई सहुलियतपूर्ण ऋण र १० लाखको इन्स्योरेन्स

<p>काठमाडौं । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रुपमा चिनिएको ‘आईसीटी अवार्ड’ को चौथो संस्करण साउन ३२ गते सोल्टी क्राउन प्लाजामा आयोजना हुँदैछ । आइसिटी अवार्डमा ३ विधाका सर्वोत्कृष्टहरुलाई राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सहुलियतपुर्ण विना धितो ऋण दिने जानकारी गराएको छ । राष्ट्रिय वाणिज्य बैंक आइसिटी अवार्ड २०१९ को बैंकिङ पार्टनरको रुपमा रहेको छ । [&hellip;]</p>


काठमाडौं । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रुपमा चिनिएको ‘आईसीटी अवार्ड’ को चौथो संस्करण साउन ३२ गते सोल्टी क्राउन प्लाजामा आयोजना हुँदैछ ।

आइसिटी अवार्डमा ३ विधाका सर्वोत्कृष्टहरुलाई राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सहुलियतपुर्ण विना धितो ऋण दिने जानकारी गराएको छ । राष्ट्रिय वाणिज्य बैंक आइसिटी अवार्ड २०१९ को बैंकिङ पार्टनरको रुपमा रहेको छ । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डका विजेतालाई बैंकले यो सुविधा दिन लागेको हो ।

यसैगरी, आइसिटी अवार्डको इन्स्योरेन्स पार्टनरको रुपमा रहेको एसियन लाइफ इन्सुरेन्सले सम्पूर्ण अवार्ड विजेताहरुलाई १० लाखसम्मको इन्स्योरेन्स गरिदिने जानकारी गराएको छ । यस वर्ष १० वटा विधामा आइसिटी अवार्ड प्रदान गरिनेछ ।

आइसिटी अवार्ड २०१९ सफल बनाउन २ दर्जन बढी सस्थाहरुले सहयोग तथा सहकार्य गरेका छन । सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल सुचना प्रविधि केन्द«, नेपाल दुरसञ्चार प्राधिकरण र नेपाल टेलिकम यस अवार्डका मुख्य सहयोगी सस्थाहरु हुन् ।

यसैगरी बैंकिङ पार्टनरको रुपमा राष्ट्रिय वाणिज्य बैंक, पेमेन्ट पार्टनरको रुपमा कनेक्ट आइपीएस, एजुकेशन पार्टनरको रुपमा सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजी रहेका छन् । यसैगरी, इन्स्योरेन्स पार्टनरको रुपमा एसियन लाइफ इन्सुरेन्स, इन्टरनेट पार्टनरमा भायनेट कम्युनिकेशन, नेटवर्क पार्टनरमा डिजिकम र साइबर सेक्युरिटी पार्टनर इमिनेन्स वेज रहेका छन ।

जेठ १ गतेदेखि सुरु भएको आइसीटी अवार्डको साउन ३२ गते ग्राण्ड फिनालेको रुपमा समापन हुनेछ । विभिन्न ९ विधामा २ सय बढीको नोमिनेशन प्राप्त भएको अवार्डको छनौट प्रकृयामा ११ जना जुरी र ८ जना जुरी सल्लाहकारहरुको सहभागिता रहेको छ ।

यसवर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, पायोनियर आइसिटी अवार्ड, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, आन्टरप्रेनर्स आइसिटी अवार्ड र डायस्पोरा आइसिटी अवार्ड छन् । यसैगरी, डिजिटल एजुकेसन आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड गरी दुई विधा थप गरिएको हो ।

Share News