
काठमाडौँ । ग्लोकल प्रालि र वाईवाईको संयुक्त आयोजनामा नेपालका २०वर्ष भन्दा कम उमेरका २० उत्कृष्ट, प्रभावशाली एवं प्रतिभाशाली किशोर किशोरीहरुको सुची सार्वजनिक गरेको छ ।
ती किशोर किशोरीहरु समाज सेवा, बाल अधिकार, कम्प्युटर प्रोग्रामिंग, बिज्ञान, पत्रकारिता, प्रबिधि र उधमशीलता, वन्यजन्तु संरक्षक जस्ता विविध क्षेत्रमा कार्यरत भै सकारात्मक काममा संलग्न रहेका छन् ।
समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै सुची निकाल्नुको उदेश्य रहेको छ। सुची निकाल्नेक्रममा ग्लोकल प्रालिका कार्यकारी निर्देशक आशिष ठाकुर भन्छन्- हामीले यो तेश्रो बार्षिक सूची निकाल्दा सम्म यी किशोर किशोरीले गरेका कामले समाजलाई टेवा पुर्याएको देख्दा अत्यन्त खुशी लाग्छ ।
चयन भएका २० युवाहरुको सम्मान वाई वाई ग्लोकल टिन हिरोको भव्य कार्यक्रम १ सेप्टेम्बरमा गरिने छ । यी युवाहरुको कथा ग्लोकल खबरमा प्रकाशित हुनेछ ।
वाई वाई ग्लोकल टिन हिरो जुन किशोर किशोरीहरुको प्रतिभालाई पहिचान गरि सम्मान गर्ने एकमात्र मंच हो, त्यसको अन्तिम ६ प्रतियोगीहरुको सुची पनि चाडै प्रकाशन हुने जनाइएको छ ।