एनएमबी लघुवित्तले गर्यो लेखापरीक्षण तथा कर सम्बन्धी तालिम

<p>काठमाडौँ । एनएमबी लघुवित्त वित्तीय संस्थाले एक दिने आन्तरिक लेखापरीक्षण तथा कर सम्बन्धी तालिम सम्पन्न गरेको छ । संस्थाले आफ्नो केन्द्रीय कार्यालयमा कार्यरत वित्त व्यवस्थापन, कर्जा ब्यवसाय, कर्जा जोखिम तथा असुली व्यवस्थापन, आन्तरिक लेखापरीक्षण विभाग, कर्जा जोखिम तथा असुली व्यवस्थापन विभागमा आवद्घ सवै अधिकृत र सहायक स्तरका कर्मचारीहरु र विभिन्न प्रदेश स्तरमा रहेका नौ वटा [&hellip;]</p>


काठमाडौँ । एनएमबी लघुवित्त वित्तीय संस्थाले एक दिने आन्तरिक लेखापरीक्षण तथा कर सम्बन्धी तालिम सम्पन्न गरेको छ ।

संस्थाले आफ्नो केन्द्रीय कार्यालयमा कार्यरत वित्त व्यवस्थापन, कर्जा ब्यवसाय, कर्जा जोखिम तथा असुली व्यवस्थापन, आन्तरिक लेखापरीक्षण विभाग, कर्जा जोखिम तथा असुली व्यवस्थापन विभागमा आवद्घ सवै अधिकृत र सहायक स्तरका कर्मचारीहरु र विभिन्न प्रदेश स्तरमा रहेका नौ वटा अनुगमन स्टेशनका अनुगमन अधिकृत कर्मचारीहरुलाई उक्त तालिम प्रदान गरेको हो ।

उक्त तालिममा ३० जना कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत मुरली प्रसाद लम्सालले सहभागी कर्मचारीलाई उत्प्रेरणात्मक हुने प्रस्तृति र बाह्य स्रोत ब्यक्ति सिए पारसमणि अर्यालले आन्तरिक लेखापरिक्षण तथा कर सम्बन्धी विषय वस्तुमा प्रशिक्षण दिएका थिए ।

यस वित्तीय संस्थाले पोखरा महानगरपालिका वडा नं. २५ हेम्जा कास्कीमा केन्द्रीय कार्यालय स्थापना गरि ५६ जिल्लामा १०० वटा शाखा विस्तार गरी करिब एकलाख विपन्न घरपरिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

Share News