नेपाल फुड्सको बफेलो सुकुटीले बेलायतमा पायो ‘ग्रेट टेष्ट अवार्ड २०१९’

<p>काठमाडौँ । नेपाली सुकुटीले खाना र पेय पदार्थको ब्रिटिश अवार्ड पाएको छ । नेपाल फुड्सको उत्पादन बफेलो सुकुटीले ग्रेट टेष्ट अवार्ड २०१९ पाएको नेपाल फुड्सका ब्राण्ड निर्देशक विकास नेपालले जानकारी दिए । एकसय भन्दा बढी देशबाट प्राप्त १२ हजार ७७२ उत्पादनमध्ये नेपाली सुकुटीले टु स्टार ग्रेट टेस्ट अवार्ड प्राप्त गरेको हो । उक्त कम्पनीले बेलायती [&hellip;]</p>

काठमाडौँ । नेपाली सुकुटीले खाना र पेय पदार्थको ब्रिटिश अवार्ड पाएको छ ।

नेपाल फुड्सको उत्पादन बफेलो सुकुटीले ग्रेट टेष्ट अवार्ड २०१९ पाएको नेपाल फुड्सका ब्राण्ड निर्देशक विकास नेपालले जानकारी दिए । एकसय भन्दा बढी देशबाट प्राप्त १२ हजार ७७२ उत्पादनमध्ये नेपाली सुकुटीले टु स्टार ग्रेट टेस्ट अवार्ड प्राप्त गरेको हो ।

उक्त कम्पनीले बेलायती बजारमा वाइवाइ चाउचाउ, मार्सी चामल, दाल, फापरको पिठो, मकैको च्याख्ला, गुन्द्रुक, मुलाको अचार, ताइचिन चिउरा, चटपटे भुजा, ओल्ड दरबार ह्विस्की लगायत सयौं नेपाली उत्पादन विक्री वितरण गर्दै आएको छ ।

Share News