ओयाको नेपालका लागि नयाँ कन्ट्री हेडमा विक्की योल्मो नियुक्त

<p>काठमाडौँ । ओयो होटल एण्ड होम्स्, दक्षिण एशिया कै सबैभन्दा ठूलो, चीनको दोस्रो ठूलो, विश्वकै तेस्रो ठूलो र सबैभन्दा तीव्र गतिमा फैलिरहेको फ्रेयानचाईज होटल, घरहरु र आवासले शुक्रबार नेपालका लागि कन्ट्री हेडमा विक्की योल्मोलाई नियुक्त गरेको छ । नेपालमा आतिथ्य श्रृंखलाहरु विस्तार भइरहेका छन्, यसबीच विक्की सम्पूर्ण होटल संचालकहरुसँग सम्बन्ध प्रगाण बनाउन, नेपालमा रहेका ओयो [&hellip;]</p>


काठमाडौँ । ओयो होटल एण्ड होम्स्, दक्षिण एशिया कै सबैभन्दा ठूलो, चीनको दोस्रो ठूलो, विश्वकै तेस्रो ठूलो र सबैभन्दा तीव्र गतिमा फैलिरहेको फ्रेयानचाईज होटल, घरहरु र आवासले शुक्रबार नेपालका लागि कन्ट्री हेडमा विक्की योल्मोलाई नियुक्त गरेको छ ।

नेपालमा आतिथ्य श्रृंखलाहरु विस्तार भइरहेका छन्, यसबीच विक्की सम्पूर्ण होटल संचालकहरुसँग सम्बन्ध प्रगाण बनाउन, नेपालमा रहेका ओयो कर्मचारीहरुबीच गहिरो संलग्नता कायम गर्न, यात्रुहरुलाई उच्च गुणस्तरीयसेवा तथा विश्वाशिलो अनुभव प्रदान गर्न र नेपाल भ्रमण वर्ष २०२० (भिजिट नेपाल) लाई मध्यनजर गर्दै नेपाललाई चौतर्फी दृष्टिकोणबाट महत्वपूर्ण रणनीतिक बजार विस्तार गर्न केन्द्रित रहने छन् ।

योल्मो ११ वर्ष भन्दा बढी एक अनुभवी स्ट्याटिजिक बिज्नेस म्यानेजमेन्ट स्पेश्यालिस्ट हुन् । उनीले आईआईटी दिल्लीबाट स्नातक गरेका छन् भने एमबीए आईआईएम कलकत्ताबाट गरेका हुन् । उनले फूड, डेरी, एफएमसीजी, रिटेल र एग्री कमोडिटिस्मा उत्कृष्ट काम गरेका छन् र उनको रणनीतिक विकासको दक्षताले दिगो व्यवसाय वृद्धि सूनिश्चित गर्दछ, जुन ओयोको अनुपम बिज्नेस मोडल र योजनाहरुका लागि महत्वपूर्ण आयाम हो ।

नेपालको ओयो चेनमा ३३० भन्दा बढी फ्रेयानचाईज होटल र ५५०० भन्दा बढी कोठाहरु रहेका छन् ।

Share News