प्रदेश ३ का मुख्यमन्त्री र गोर्खा इको प्यानलका प्रतिनिधिबीच छलफल

<p>काठमाडौँ । प्रदेश ३ सरकारको नयाँ भन्ने भवनहरु निर्माण सम्बन्धी विसयमा मुख्यमंत्री र गोर्खा इको प्यानलका प्रतिनिधिबीच निर्माण सम्बन्धी छलफल भएको छ । मुख्यमन्त्री र प्यानलका प्रतिनिधि मण्डलबीच हेटौँडास्थित मुख्यमन्त्री कार्यालयको सभाकक्षमा छलफल भएको हो । मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश ३ भित्र आबश्यक रहेको भवन, सभाहल र बिभिन्न प्रयोजनको निमित निर्माण हुने घरहरुमा प्रयोग हूने [&hellip;]</p>


काठमाडौँ । प्रदेश ३ सरकारको नयाँ भन्ने भवनहरु निर्माण सम्बन्धी विसयमा मुख्यमंत्री र गोर्खा इको प्यानलका प्रतिनिधिबीच निर्माण सम्बन्धी छलफल भएको छ । मुख्यमन्त्री र प्यानलका प्रतिनिधि मण्डलबीच हेटौँडास्थित मुख्यमन्त्री कार्यालयको सभाकक्षमा छलफल भएको हो ।

मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश ३ भित्र आबश्यक रहेको भवन, सभाहल र बिभिन्न प्रयोजनको निमित निर्माण हुने घरहरुमा प्रयोग हूने उपकरण र निर्माण सामग्रीहरु स्वदेश मैं बनेको राम्रो हुने बताए । गोर्खा इको प्यानलको निर्माण सम्बन्धी प्रस्तुति आफुलाई प्रभावित पारेको मुख्यमन्त्री पौडेलले प्रशंसा गरेका हुन् ।

नेपालको परिपेक्षमा बढ्दो व्यापार घाटाको बेला स्वदेशमा बनेको निर्माण सामग्री यदि स्थायी र टिकाउ भए प्रयोगमा ल्याउन सकिने जिकिर गर्दै स्वदेशी निर्माण सामग्रीको बढावा दिन समेत आग्रह गरे । उनले इको प्यानलको बढ्दो प्रयोगले समय र पैसा दुबैको बचत हुनेमा आफू विस्वस्त रहेको प्रतिक्रिया दिएका हुन् ।

छलफलमा गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत सीईओ इन्जिनियर कृष्णभक्त दुवालले आधुनिक निर्माण जगतममा स्वदेशमै बनेको सामग्री प्रयोगले अब अत्याधुनिक सभा हल, भवन र घर निर्मान गर्न सक्ने बताए । दुवालले अहिले सम्म गोर्खा इको प्यानलले नेपालको मनागङ्ग मुस्ताकदेखी पहाड़मा र तराईमा समेत बिभिन्न स्कूल, का‘लेज, सभागृह र बिभिन्न प्रयोजनको घर निर्माण गरेको प्रोजेक्ट पावर पा‘इंट नै प्रस्तुत गरेका थिए ।

छलफलमा प्रदेश ३ का अर्थमन्त्री कैलाश ढुङ्गेल, प्रमुख सचिव आनन्दराज ढकाल , भवन विभागका निमित्त प्रमुख इञ्जीनियर सञ्जय पाण्डेय, आर्किटेक रामामान्धर, मानव विकास केन्द्रका प्रमुख कुन्दन झा लगायतको उपस्थिति थियो ।

Share News