साउदी अरेबियाका राजदुतलाई लगानी बढाउन चेम्बरको आग्रह

<p>काठमाडौँ । नेपाल चेम्बर अफ कमर्श र साउदी अरेबियाका राजदुत मसियद बिन सुलिमानसँग लगानी, व्यापार, श्रम र आर्थिक अभिवृद्किा विषयमा छलफल भएको छ । चेम्बर अफ कमर्शको सचिवालय जमलमा साउन ८ गते भएको छलफलका क्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले दुई देशको व्यापारिक, आर्थिक एवम् लगानीको विकास प्रगाढ एवम् सुदृढ गर्नका लागि भूमिका [&hellip;]</p>


काठमाडौँ । नेपाल चेम्बर अफ कमर्श र साउदी अरेबियाका राजदुत मसियद बिन सुलिमानसँग लगानी, व्यापार, श्रम र आर्थिक अभिवृद्किा विषयमा छलफल भएको छ ।

चेम्बर अफ कमर्शको सचिवालय जमलमा साउन ८ गते भएको छलफलका क्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले दुई देशको व्यापारिक, आर्थिक एवम् लगानीको विकास प्रगाढ एवम् सुदृढ गर्नका लागि भूमिका खेल्न सुलिमानलाई आग्रह गरे ।

उनले आर्थिक उन्नतीको लागि सम्बन्धित ऐन औद्योगिक व्यवसाय ऐन, श्रम, बैदेशिक लगानी, सामाजिक सुरक्षा ऐन लागु भैसकेको जानकारी दिदै नेपालमा व्यवसाय एवम् लगानीको उपयुक्त वातावरण भएको बताए । अध्यक्ष श्रेष्ठले सन् २०२० फेब्रुअरी २५ देखि २९मा हुन लागको नेपाल चेम्बर एक्स्पोमा साउदी अरबीयाबाट समेत सहभागिताको लागि अनुरोध गरे ।

कार्यक्रममा नेपालका लागि साउदी अरबियाका राजदुत मसियद बिन सुलिमानले साउदी अरेयिबा र नेपाल चेम्बरबीच आर्थिक सम्बन्ध सुदृढ गरि व्यापारिक एंव आपसी सुमधुर सम्बन्ध, गराउन सकिने बताए । उनले व्यापार र पर्यटन विकासका लागि चेम्बरले भूमिका खेल्नुपर्ने बताए । उनले दुई देशका उद्यमी व्यवसायीबीचमा द्धिपक्षीय व्यापार सम्बन्धको विस्तार गरी नयाँ व्यवसायिकअवसरहरुले संंभावना पहिचान गर्नसक्ने बताए ।

Share News