
काठमाडौं । चालु आर्थिक वर्षमा उत्पादनमूलक उद्योगलाई सहुलियत पूर्ण कर्जा दिइने भएको छ । आव २०७६/७७ को बजेटले लक्षित गरेको आर्थिक बृद्धि हासिल गर्न सहयोग पुर्याउने प्रावधान मौद्रिक नीति मार्फत बुधबार सार्वजनिक गरिएको हो । गभर्नर डा. चिरञ्जीवी नेपालले सार्वजनिक गरेको मौद्रिक नीतिमा वित्तीय साधनको उपलब्धतालाई प्रोत्सान गरिने उल्लेख छ ।
१५ लाखसम्मको कृषि, उद्यम तथा व्यवसाय प्रवद्र्धन कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले आधार दरमा २ प्रतिशतसम्ममात्र थप गरी ऋणको ब्याज तोक्न पाउने, कुनै प्रकारको सेवा शुल्क लिन नपाउने र समय अगावै कर्जा भुक्तानी गरेमा अग्रिम भुक्तानी शुल्क लिन नपाइने मौद्रिक नीतिमा उल्लेख छ ।
साथै, बैंक तथा वित्तीय संस्थाका प्रत्येक शाखाले यसप्रकारको कर्जा निवेदन प्राप्त भएको सात दिन भित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा सोको प्रष्ट कारण समेत सम्बन्धित ग्राहकलाई जानकारी दिनुपर्ने व्यवस्था गरिनेछ–आव २०७६÷०७७ को मौद्रिक नीतिमा उल्लेख छ ।