कर वृद्धिका कारण चीन–अमेरिका बीचको व्यापारमा मन्दी

बेइजिङ । चीन र संयुक्तराज्य अमेरिकाबीचको व्यापारमा कमी आएको बताइएको छ । यी दुई देशबीचको व्यापारमा यस वर्षको नोभेम्बर महिनामा कमी आएको बताइएको हो । यी दुई देशबीच विगतका केही समयदेखि व्यापार युद्ध नै जारी रहेको बताएको थियो । यसैकारण चीन र अमेरिकाबीच गत महिनाको व्यापारमा मन्दी आएको हो । विश्लेषकहरुले अघिल्लो वर्षको तुलनामा नोभेम्बरमा चीनबाट संयुक्तराज्य अमेरिकातर्फको व्यापारमा कमी आएको बताएका हुन् । उनीहरुका अनुसार यो व्यापारमा २३ प्रतिशतले कमी आई ३५ अर्ब ६० करोड अमेरिकी डलरमा सीमित भएको बताइएको छ । दुवै देशले एकअर्काका सामानमा २५ प्रतिशतसम्म करवृद्धि गरेपछि यस्तो अवस्था आएको हो । अमेरिकाबाट चीनतर्फ हुने आयातमा पनि २.८ प्रतिशतले कमी आएको उनीहरुको भनाई छ । अमेरिकाबाट चीनतर्फ करिब ११ अर्ब डलर बराबरको वस्तु आयात भएको देखिएको उनीहरुको भनाई छ । तर पनि अर्को एक समाचारमा जनाएअनुसार चीनबाट फ्रान्सतर्फ भएको निकासीमा भने सुधार भएको देखिएको छ । संयुक्तराज्य अमेरिका र चीनबीच व्यापार वार्ताहरु भए पनि नोभेम्बरमा ठोस सहमति हुन नसक्दा यस्तो अवस्था आएको पाइएको हो । अमेरिकाले चीनले आफ्नो प्रविधि जबर्जस्ती लगेको आरोप लगाएको छ । वर्तमान ट्रम्प प्रशासनले चीनमाथि व्यापार युद्ध नै शुरु गरेको थियो । उनीहरुका कारण विश्वव्यापी रुपमा नै आर्थिक मन्दीको सम्भावना बढेको बताइएको छ । दुवै देशले एकअर्काका सामानमा २५ प्रतिशतसम्म करवृद्धि गरेपछि यस्तो अवस्था आएको हो । रासस

क्रिसमस मनाउने क्रममा तेह्र जनाको मृत्यु, २ सय ७५ जना पक्राउ

तेगुसिगाल्पा । क्रिसमस मनाउने क्रममा हन्डुरसमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । मङ्गलबार र बुधबार भएका विभिन्न घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु भएका मध्ये अधिकांशको मृत्यु सडक दुर्घटनामा परी भएको पाइएको छ । सडक तथा यातायात राष्ट्रिय निर्देशनालयका उप निरिक्षक जोस कार्लोस लागोसले सडक दुर्घटनामा परी आठ जनाको मृत्यु भएको पत्रकारहरुलाई जानकारी दिए । दुर्घटनाहरु कोमायागुय, बाय आइल्याण्ड र सान्त बार्बारामा दुर्घटना भएको उनले बताए । सो अवधिमा गलत क्रियाकलाप गर्ने २ सय ७५ जनालाई पक्राउ गरिएको र ४० ओटा सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । रासस

विमान निर्माता कम्पनी बोइङका सीईओ मालनबर्ग पदबाट बर्खास्त

अमेरिकाको  विमान निर्माता कम्पनी बोइङका प्रमुख कार्यकारी अधिकृत डेनिस मालनबर्गलाई पदबाट बर्खास्त गरिएको छ ।  पछिल्लाे समय मालनबर्गले नेतृत्व गरेकाे कम्पनीका विमानहरू  दुर्घटनामा परेपछि उनलाई  पदबाट बर्खास्त गरिएकाे जनाइएकाे हाे । बोइङ कम्पनीको ७३७ म्याक्स मोडलका दुईवटा विमान   दुर्घटनामा परेपछि  मालनबर्गमाथि समेत दबाब पर्दै आएको थियो । बोइङले संस्थामा आत्मविश्वास पुनर्स्थापनाका लागि यो कदम चालिएको दाबी गरेको छ । यद्यपि उनको स्थानमा नियुक्ति पाएकाप्रति आशंका कायमै छ । ग्राहकसम्म विमान पुर्‍याउन हतार गर्ने भन्दै अमेरिकी सांसदहरूले बोइङमाथि सुरक्षाभन्दा मुनाफामा ध्यान दिएको आरोप लगाएका छन् । मालनबर्ग सन् १९८५ देखि बोइङ कम्पनीमा थिए । सन् २०१५ मा प्रमुख कार्यकारी अधिकृत बन्नुअघि उनले बोइङको प्रतिरक्षा, अन्तरिक्ष तथा सुरक्षा विभागको नेतृत्व गरेका थिए । बोइङले कम्पनीका अध्यक्ष रहेका डेविड काल्हूनलाई प्रमुख कार्यकारी तथा अध्यक्षमा नियुक्त गरेको छ । उनी सन् २००९ देखि कम्पनीको बोर्डमा रहँदै आएका छन् । उनले १३ जनवरी, २०२० देखि आफ्नो कार्यभार सम्हाल्नेछन् । इण्डोनेशिया र इथियोपियामा ७३७ म्याक्स मोडलका दुईवटा विमान दुर्घटनाग्रस्त भएपछि संसारभर सो मोडलका विमानको उडानमा रोक लगाइएको छ ।