कर्मचारी क्षमता अभिवृद्धि सम्वन्धी विएफआईएन र सिपिएससीबीच सम्झौता
काठमाडौं । कर्मचारी क्षमता अभिवृद्धि सम्वन्धी बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल (विएफआईएन) र कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी)का सम्झौता भएको छ । उक्त सम्झौतामा विएफआईएनको तर्फबाट प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र सिपिएससीका तर्फबाट महानिर्देशक डा.रामहरि लामिछाने हस्ताक्षर गरेका हुन् । सोमबार नेपालको बित्तीय क्षेत्रका कर्मचारीहरुलाई क्षमता अभिबृद्धि गर्ने सम्बन्धमा आपसी समझदारी पत्रमामनिला, फिलिपिन्समा हस्ताक्षर भएको छ । संयुक्त आयोजनामा फिलिपिन्सको मनिलामा संचालन गरिएको बैंक तथा वित्तीय संस्थाका संचालकहरुको लागि ५ दिने इग्जेक्यटिभ् लिडरशिप डिपलभमेन प्रोग्राम उद्घाटन समारोहमा उक्त पत्रमा हस्ताक्षर भएको हो ।
लोकसेवाको आवेदन दिने एक लाख १८ हजार
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिएपछि लोकसेवा आयोगमा आवेदन दिनेको सङ्ख्यामा उतारचढाव देखिएको छ । समितिले निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आएकोमा अहिले भने फेरि वृद्धि भएको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले समितिले विज्ञापन रोक्न निर्देशन दिएपछि आवेदन दिनेको सङ्ख्यामा कमी आए पनि पुनःअहिले भने बढेको बताए । उनका अनुसार गत सोमबार समितिले निर्देशन दिएको दिन करिब दुई हजार ५०० ले मात्र आवेदन दिएकामा अहिले भने त्यो सङ्ख्या वृद्धि भएको छ । “समितिले निर्देशन दिएको केही दिनसम्म आवेदन दिनेको सङ्ख्यामा कमी आएको थियो”, उनले भने, “तर अहिले भने पहिल्यैकै जस्तै आवेदन आउन थालेका छन् । आवेदन दिने समय सकिन थालेकाले आवेदन दिनेको सङ्ख्यामा वृद्धि भएर सर्भरको चापसमेत बढेको छ ।” समितिले निर्देशन दिएको दिनसम्म करिब ५१ हजार ४६३ जनाले आवेदन फाराम भरेकामा अहिले फाराम भर्न पाँच दिनमात्र बाँकी छँदा एक लाख १८ हजार ३४१ जनाले मात्र आवेदन फाराम भरेका छन् । आवेदन खुला गरेको १५ दिन बितिसक्दा पनि सोचेअनुसारको आवेदन नआएको उनको भनाइ रहेको छ । उनका अनुसार आवेदन दिनेमा महिला २९ हजार २६७, जनजाति १३ हजार ७५१, मधेशी छ हजार ७३२, दलित ८४४, अपाङ्गता ५६ र पिछडिएका ३७ जना रहेका छन् । गत जेठ १५ गतेदेखि असार ३ गतेसम्मका लागि ५१५ स्थानीय तहका लागि आयोगले विभिन्न नौ हजार १६१ पदका लागि आवेदन माग गरेको छ । आवेदन फाराम भरेकामध्ये करिब ४० हजार ५०० ले दस्तुर बुझाएका छन् । एकैपटक धेरेको सङ्ख्यामा कर्मचारीको माग गरेकाले आयोगले करिब पाँचदेखि छ लाख परीक्षार्थीले आवेदन दिनसक्ने आँकलन गरेको थियो । सुवेदीले अझै केही दिन आवेदन दिने समय भएकाले सङ्ख्या वृद्धि हुनसक्ने बताउँदै समितिले मङ्गलबार नै विज्ञापन रोक्न निर्देशन दिएको पत्र आयोगमा पठाए पनि आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली मुलुक बाहिर रहेकाले समय लाग्ने आयोगका सूचना अधिकारी सुवेदीले जानकारी दिए । अध्यक्ष बाहिर रहेको आयोगका पदाधिकारीको पूर्ण बैठक बस्न नसक्ने भएपछि समितिले पठाएको पत्रबारे निर्णय गर्न ढिलाइ हुने उनले बताएका छन् । रासस
एनसीसी बैंकले माग्यो ११ जना कर्मचारी, डेपुटी चिफ एक्जुकेटिभ देखि म्यानेजमेन्ट ट्रेनीसम्म
काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि(एनसीसी बैंक) ले विभिन्न पदका १४ जना कर्मचारी माग गरेको छ । डेपुटी चिफ एक्जुकेटिभ १ जना, डेपुटी जेनेरल म्यानेजर १ जना, असिस्टेन्ट म्यानेजर २ जना र म्यानेजमेन्ट ट्रेनी १० जना गरी १४ जना कर्मचारी माग गरेको हो । सम्बन्धित पदमा योग्यता पुगेका पुगेका व्यक्तिले जुन २६ तारिक(असार ११ गते)सम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।