ललितपुर बन्यो नेपालको पहिलो क्राफ्ट सिटी, अंकित स्टिकर टाँसेका उत्पादनले उच्च मूल्य पाउने

मंसिर । ललितपुर जिल्लालाई कला नगरी (क्राफ्ट सिटी) घोषणा गरिएको छ । युनेस्को सहितको संस्थाले एशीया महाद्धिपमा ललितपुर लगायत २७ शहरहरुलाई वल्र्ड क्राफ्ट सिटी घोषणा गरी सकेको छ । नेपाल हस्तकला महासंघको ४६औं वार्षिकोत्सव तथा सातौं हस्तकला दिवसको दिन उक्त जिल्लालाई नेपालको पहिलो क्राफ्ट सिटी घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतीविद् सत्यमोहन जोशीले ४६औं वार्षिक उत्सव तथा सातौ हस्तकला दिवसको उद्घाटन गरेका थिए । नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले काष्ठ नगरी घोषणाले ललितपुरका साथसाथै सिंगो नेपालको पर्यटन विकासका साथै सांस्कृतिक पर्यटनको प्रवद्र्धन हुने बताए । यससँगै अब ललितपुर महानगरपालिका भित्र उत्पादन भएका हस्तकलाका वस्तुहरुको गुणस्तरियता कायम गरी क्राफ्ट नगरीको उत्पादन अंकित स्टिकर टाँसी बिक्री गरेमा यहाँका उत्पादनले उच्च मूल्य प्राप्त गर्न सक्नेछन् । महासंघका अध्यक्ष धर्मराज शाक्यले हस्तकलाको स्थानीय तथा निकासी व्यापारलाई प्रवद्र्धन गर्न महासंघले आफ्नो ध्यान केन्द्रीत गरेको बताए । त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि सत्यमोहन जोशीले ललितपुर कला नगरीका रुपमा ललितपुर, भक्तपुर र काठमाडौं मात्र नभर्र्ई सिङ्गो नेपाल चिनाउन सफल भएकोमा खुशी व्यक्त गरेका छन् । नेपालको विविध कलाले नै राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको उनले बताए । नेपालका बहुमूल्य अमूर्त संस्कृति तथा कौशलपूर्ण हातबाट सिर्जित कलात्मक वस्तुहरु विस्तारै लोप हुँदै गएको तथ्यलाई औल्याउँदै हस्तकला महासंघले हाम्रो संस्कृतिको परिचयको रुपमा रहेको हस्तकलाको जगेर्ना, प्रवद्र्धन तथा विकासमा पुर्याइरहेको कार्यक्रममा जानकारी दिईएको थियो । सो कार्यक्रमसँगै ललितपुर जिल्लालाई क्राफ्ट सिटी घोषणा गरिएको उपलक्ष्यमा प्रभातफेरी गरी साँझ दिपावली गरिएको थियो ।

कपडा उद्योगीलाई सरकारको राहतः भन्सार घट्यो, ५ प्रतिशत ब्याज अनुदान र निर्यातमा अनुदान पनि

काठमाडौं । सरकारले कपडा उद्योगीहरुलाई बिशेष राहत दिने निर्णय गरेको छ । मंसिर २४ गते सोमबार बसेको मन्त्रिपरिषदले कपडा उद्योगका लागि आयात गरिने मेसिनरी, स्पेयर पार्टस् र केमिकलहरुको आयातमा १ प्रतिशत मात्रै भन्सार लिने निर्णय गरेको हो । यसअघि त्यस्ता समान आयातमा १ देखि १५ प्रतिशतसम्म भन्सा शुल्क लाग्दै आएको थियो । त्यस्तै, सरकारले कपडा उद्योगहरुले लिएको र अब लिने बैंक ऋणमा ५ प्रतिशत ब्याज अनुदान दिने निर्णय पनि गरेको छ । त्यस बाहेक ५० प्रतिशत मूल्य अभिवृद्ध गरि निर्यात गर्ने उद्योगहरुलाई कुल निर्यातको ५ प्रतिशत नगद अनुदान दिने निर्णय पनि सरकारले गरेको छ । त्यस्तै, सरकारी निर्णयबाट खरिद हुने कपडाहरु स्वदेशी उद्योगीबाट मात्रै खरिद गरिने निर्णय पनि सरकारले गरेको प्रवक्ता गोँकुल बास्कोटाले बताए ।

हेटौँडा सिमेन्ट उद्योग ३३अाैँ वर्षमा प्रवेश, वार्षिक २० करोड नाफा कमाउन सफल

काठमाडौं । हेटौँडा सिमेन्ट उद्योगले आफ्नो ३३ औँ वार्षिकोत्सव मनाएको छ। लामो समयदेखि घाटा बेर्होदै आएको हेटौँडा सिमेन्ट उद्योग हाल निरन्तर प्रगति पथमा लम्किरहेको छ । थप क्षमता सुधारका लागि १ सय करोड बजेट आवश्यक पर्ने प्रशासन विभागका प्रमुख गणेश कोइरालाले बताएका छन् । वि सं. २०७१ साल यता उद्योगले वार्षिक रु १८ देखि २० करोड मुनाफा आर्जन गरिरहेको छ । वि.सं. २०३२ सालमा स्थापना भएको यस उद्योगले ०४२ देखि उत्पादन शुरु गरेको हो । एशियाली विकास बैंक (एडिबी) को सहयोगमा हेटौँडा उपमहानगरपालिका-९ सुचारू गरेकाे थियाे । जर्मन मोडलको उत्पादन प्रविधि रहेको उक्त उद्योगमा सिमेन्ट उत्पादनका दृष्टिले विश्वमै उत्कृष्ट रहेको बताउँदै अत्यधिक मुनाफा कमाउने उद्देश्य नभएकाले र गुणस्तरमा कुनै सम्झौता नहुने कार्यरत कर्मचारीले जानकारी दिएका छन् । ४ सय जना कर्मचारी रहेका उक्त हेटौँडा सिमेन्टका भवन देखि र प्रविधिसम्म पुरानो भएता पनि गुणस्तर तथा आम उपभोक्ताको विश्वसनीयताकै कारण यहाँसम्म आइपुगेको बताएका छन्र । ८३ करोड रूपैयाँ घाटामा रहेको उद्योग हाल ५१ करोड रूपैयाँमा रहेपनि निरन्तर यस क्षेत्रमा रहेको बताएका छन् । उद्योग सञ्चालक समितिका अध्यक्ष न्यौपानेले सरकारले आफूहरुको योजनामा साथ दिए सम्भाव्यताका आधारमा एक हजार २०० देखि दुई हजार ५०० टनसम्म उत्पादन गर्ने लक्ष्य रहेको जानकारी दिएका छन् । हाल दैनिक ७५० टन सिमेन्ट उत्पादन गर्दै आएको र वर्षमा २७ लाख बोरा उत्पादन गर्ने क्षमता भए पनि २१ लाख बोरा उत्पादन गरिरहेको बताएका छन् । रासस