जहाजको प्राविधिक परीक्षण नेपालमै सुरु, बुद्ध एयरले थाल्यो नेपालमै विदेशी जहाज मर्मत

काठमाडौं २८, कात्तिक । मुलुकमै पहिलोपटक जहाजको परीक्षण र मर्मतसम्भार (एमआरओ) सेवा सुरु भएको छ । निजी क्षेत्रद्वारा सञ्चालित बुद्ध एयरले स्वदेशी र विदेशी एयरलाइन्सहरुलाई यस्तो सुविधा उपलब्ध गराउने भएको हो । सरकारले गत भदौमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रहेको बुद्ध एयरको ह्याङ्गरलाई एमआरओ सेवा दिनसक्ने अनुमति दिएको थियो । नेपालमा जहाजको सामान्य चेकजाँच हुने गरे पनि यस्तो सुविधा यसअघि थिएन । बुद्धका अनुसार अब एटीआर र बीच एयरक्राफ्टको ‘होलबडी’ चेकजाँच र मर्मत गर्न नेपाल बाहिर लैजानु नपर्ने भएको छ । बुद्धको ह्याङ्गरबाट सुरु भएको एमआरओ सेवाले दीर्घकालमा विदेशी एयरलाइन्सका जहाजसमेत मर्मत गर्ने बाटो खुलेको छ । “लामो समयसम्मको तयारीपछि एमआरओ सेवा सुरु गरेका छौं,” बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भने । हालसम्म बंगलादेशको नोभो एयर र भुटानको ड्रुक एयरले मर्मतको सेवा लिन बुद्ध एयरसँग सम्झौता गरिसकेका छन् । बुद्धको ह्याङ्गरमा हाल १ सय ४६ प्राविधिक कार्यरत छन् । एमआरओ परीक्षणको शुल्क नतोकिए पनि ३० हजार डलरदेखि १ लाख डलरसम्म पर्छ । नेपालमा दुई ठूला विमानस्थल ९पोखरा र भैरहवा० निर्माण भइरहेकाले पनि बुद्ध एयरले सञ्चालन गर्ने एमआरओ सेवाले धेरै एयरलाइन्सले सेवा पाउने बताइएको छ । बुद्धको ३७ हजार वर्गफिट क्षेत्रफलमा रहेको ह्याङ्गरबाटै यो सेवा उपलब्ध हुने जनाइएको छ । बुद्धले सन् २०१२ मा झन्डै २५ करोड रुपैयाँ खर्चिएर यो ह्याङ्गर निर्माण गरेको थियो । कारोबार दैनिकबाट ।

दुर्घटनाबाटै सकिदैँछन् नेपालमा सिंगल इन्जिनका जहाज, सिंगल इन्जिनका नयाँ जहाज ल्याउनै प्रतिबन्ध

काठमाडौं २६, काठमाडौं । नेपालमा दुर्गम क्षेत्रको सारथि भनेर चिनिने गरेको सिंगल इन्जिनका जहाज एकपछि अर्को गरेर दुर्घटनाबाटै सकिन थालेको छन् । पटकपटकको सिंगल इन्जिनका जहाज दुर्घटनामा देखिएको प्राविधिक पक्षको कमजोरीका कारण पछिल्लो समय नेपाल नागरिक उड्डयन प्राधिकरण ( क्यान)ले नयाँ सिंगल इन्जिनका जहाज आयातमा प्रतिवन्ध लगाएको छ भने भएकै जहाजमा पनि यात्रु बोक्न कडाइ गरेको छ । सिंगल इन्जिनका जहाजलाई यात्रु उडानमा प्रतिवन्ध लगाएर कार्गो उडानमा मात्रै प्रयोग गर्न प्राधिकरणले दिएको छ । नेपालमा पछिल्लो सयम यात्रु उडानमा भएको जोखिमलाई दृष्तिगत गरेर प्राधिकरणले सिंगल इन्जिनका वायुसेवालाई कार्गो उडानमा मात्रै सिमिति राखेको छ । कार्गो उडानमा मात्रै सिमिति गरेको भएपनि पछिल्लो समय सिंगल इन्जिनका जहाज दुर्घटनाबाट नै सकिन थालेका छन् । हाल नेपालमा गोमा, काष्टमण्डप र माकालुको मात्रै सिंगल इनिजनका जहाज रहेका छन् । यी मध्ये एयर काष्टमण्डप दुर्घटना भएको र प्राविधिक पक्ष कमजोर भएकै कारण प्राधिकरणले प्रतिवन्ध लगाएको छ भने मकालुसँग एउटामात्रै जहाज रहेको छ । मकालुको सो एउटा मात्रै जहाज पनि शुक्रबार हुम्लाको धावनमार्गमा फोर्स ल्याण्डिङ गरेको छ । जसका कारण यो जहाज तत्काल उडान गर्न नमिल्ने भएकोले प्राधिकरण स्रोतको भनाइ छ ।  काष्टमण्डपका एउटा जहाज उडान योग्य नहुँदा यी दुई कम्पनी जहाज विहिन भएका छन् । गोमा एयरसँग पनि दुई वटा सिंगल इन्जिको जहाज भएपनि यसले भने यात्रु उडान नभएर कार्गो उडानमा मात्रै केन्द्रित गरेको सम्वन्धित वायुसेवा कम्पनिको भनाइ छ । नेपालमा वायुसेवा निगमले डेढ दशकअगाडि संचालन गरेको सिंगल इन्जिनका तीन वटा जहा दुर्घटनाबाटै सकिए भने पछिल्लो समय उदाएका वायुसेवाको पनि अवस्था त्यस्तै भएको नेपाल नागरिक उड्डन प्राधिकरणको भनाइ छ । प्राधिकरणको अनुसार थप जहाज ल्याउन प्रतिवन्ध लाएको र भएकै जहाज पनि दुर्घटना हुन थालेको पनि सिंगल इन्जिनका वायुसेवा जहाजविहिन हुन थालेका हुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा यस अघि गठन भएको सिंगल इन्जिनका वायुसेवाको उडानमा प्रतिवन्ध लगाउन सकिने सुझाव दिएको थियो । सोही सुझावका आधारमा मन्त्रलायले प्राधिकरणलाई सिंगल इन्जिनका जहाजको उडानमा प्रतिवन्ध लागउको थियो । अदालतको अन्तरिम आदेशबाट  यस्तो प्रतिवन्ध खुला गरेको भएपनि काष्टमण्डपको जहाज ६ महिना अगाडि दुर्घटना भएको प्रतिवेदन पछि विगत दुई महिनादेखि सिंगल इन्जिनका जहाजमा यात्रु उडानको अनुमति नभएको प्राधिकरणको भनाइ छ । प्राधिकरणका उपमहानिर्देशक राजनराज पोखरेलका अनुसार सिंगल इन्जिनका जहाज अहिले निरुत्साहित छन् । जहाजलाई निरुत्साहित गर्नु भनेको प्रतिवन्ध नै हो तर यसको औपचारिक रुपमा प्राधिकरणले प्रतिवन्धको निर्णय भने गरेको छैन । सिंगल इन्जिनलाई यात्रु बोक्न दिने कि नदिने भन्ने विषयको मुद्धा अदालतमा विचाराधिन भएकोले प्राधिकरणले यस विषयमा औपचारिक निर्णय भने नगरेको उनको भनाइ छ ।

निगमलाई नयाँ जहाजकै प्रस्ताव आयो, डेलिभरी समय छिटो भएकोले एयरवसको आवेदन परेन

  काठमाडौं २६, कात्तिक । वायुसेवा निगमले एक हजार घण्टासम्म उडान गरेको जहाजको लागि प्रस्ताव माग गरेको भएपनि नयाँकै पनि आवेदन परेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई लामो दुरिको उडान गर्ने वाइडवडि नामक जहाज बेच्च १ इन्जिन सप्लाई गर्ने कम्पनी बाहेक १० वटाले मात्रै प्रस्ताव पेश गरेका छन । निगमले ४५ दिन अगाडि मागेको प्रस्तावमा विभिन्न वायुसेवा कम्पनी, लिजिङ कम्पनी तथा यसका भगीनि कम्पनीले निगमले मागेकै अनुसारको एयरवसको वाइडबडि जहाज दिन इच्छा देखाएको निगमले जानकारी दिएको छ । वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारका अनुसार निगमले एयरवसकै जहाज खरिद गर्ने भएपनि युरोपेली जहाज निर्माता कम्पनी एयरवसले भने आवेदन दिएन । कंसाकारका अनुसार एयरवसको जहाज निर्माता कम्पनीले भने निगमले मागको जहाज दिने समय छिटो भएकोले सो समयमा जहाज दिन नसक्ने भन्दै प्रस्ताव पेश गरेको छैन । कंसाकार आफैंले एयरवसलाई सोध्दा डेलिभरी समय छिटो भएकोले कम्पनीले नभ्याउने जवाफ दिएको पनि जानकारी दिए । उनका अनुसार नयाँ जहाजको प्रस्ताव नआउला कि भन्ने चिन्ता थियो । नयाँको प्रस्ताव परेकोले भने कुनै समस्या नहुने बताए । कंसाकारका अनुसार निगमलाई शून्य आवर उडान भएको (नयाँ जहाज) देखि एक हजार घण्टासम्म उडेको जहाजको प्रस्ताव परेको छ । नयाँ जहाजकै प्रस्ताव परेकोले पुरानो खरिद गर्न लागेको भन्ने नकारात्मक सोचाइ भएकासँग काम गर्न पनि सहज हुने कंसाकारको भनाइ छ । उनका अनुसार शून्य आवरदेखि २ पाँच सय घण्टा उडाएका जहाजको पनि प्रस्ताव परेको छ । कुनै लिजिङ वा वायुसेवा कम्पनीले अर्डर गरिसकेको जहाज उडानमा प्रयोग नभएकोले हामीलाई दिन इन्छुक भएकोले पनि नयाँ जहाजको पनि प्रस्ताव आएको कंसाकारको भनाइ छ । निगमका अनुसार केए एरो पाट्र्स, केजेटी इन्भेष्टमेन्ट एण्ड वन वल्र्ड क्लोजआउट लिमिटेड, रोन मोटा एन्ड एसोसिएट्स एयरक्राफ्ट सेल्स एन्ड पाट्र्स, एयरक्राफ्ट इन्भेष्टमेन्ट ग्रुपले निगमलाई जहाज दिन इच्छा देखाएको छ । निगमले मागे अनुसारको प्रस्ताव पेश गर्नेमा क्राउन कमर्सियल सर्भिस प्राली, सिनर्जी एरोस्पेस, एसटी एरोस्पेस, लि गु्रप डेल्टा, एएआर कर्पोरेशन र सूर्य एयर सपोर्टसमेत रहेको निगमका महाप्रवन्धक कंसाकारले बताए । उनका अनुसार एउटा कम्पनीले भने इन्जिन मात्रै उपलव्ध गराउने प्रस्ताव राखेकोले त्यसलाई समावेश गरिएको छैन । वायुसेवा निगमका सह प्रवक्ता शैलेश कंसारकाका अनुसार निगमले गत असोज १० गते मागेको ४५ दिने ग्लोबल टेण्डर बुधबार सकिएको हो । उनका अनुसार बुधबारसम्ममा आइका कम्पनीलाई निगमले लिस्टेड गरेर राखेको छ। निगमले मागे अनुसारको प्रस्ताव पेश गरेका यी कम्पनीमध्ये कुन कम्पनीले कति रुपैयाँमा जहाज उपलव्ध गराउँछन भन्ने विषयमा भने पूर्ण प्रस्ताव हेरेपछि मात्रै थाहा हुने बताए । निगमल सबै कम्पनीको प्रस्ताव हेर्ने र निगमलाई उपयुक्त कम्पनी छनोटको सुझाव दिन विहिबार नै एक प्राविधिक समिति गठन गरेको छ । निगमका सहायक प्रवन्ध निर्देशक आरबी शाहको संयोजकत्वमा ११ देखि १४ जनासम्मको मूल्यांकन समिति गठन भएको छ । सो समितिले दुई साताभित्रै प्रतिवेदन दिने कंसाकारले जानकारी दिए । सोही प्रतिवेदन समितिले निगमका महाप्रवन्धक समक्ष पेश गर्ने छ । सो प्रतिवेदनलाई महाप्रवन्धकले निगमको बोर्ड बैठकमा पेश गर्नेछन । बोर्डले उपयुक्त कम्पनी छनोटको निर्णय गर्ने र त्यसपछि सो कम्पनीसँग जहाज खरिद गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन दुइपक्षिय सम्झौता हुने पनि निगमले जानकारी दिएको छ । निगमले एयरवसको ए३३०–२०० सिरिजको वाइडवडि जहाज खरिद गर्ने भएको छ । यो जहाज २५० देखि २८० सिट क्षमताको हुनुपर्ने सर्त निगमले तोकेको छ । बढिमा एक हजार घण्टा उडान गरेको जहाजलाई निमगले किन्न सक्ने भएकोले सोही अनुसारको सर्त तोकेर आएकाको मात्रै निगमले प्रस्ताव हेर्ने भएको छ । जहाज खरिद गर्न निगमले २५ अर्ब रुपैयाँको जोहो पनि गर्नुपर्र्ने भएको छ । दुईवटा वाइडवडि जहाजको माग हामीले गर्ने भएकोले लिजिङ कम्पनी, एयरवसको जहाज उडान गरिरहेको वायुसेवा वा जहाज निर्माता कम्पनी जसले पनि प्रस्ताव हाल्न पाउने भएका छन् । निगममा परेको प्रस्तावमध्येबाट सस्तो र राम्रो छनोट हुने भएकोले खुला रुपमा कम्पनी छनोट गरेर जहाज किन्न पाउने विकल्पसहति प्रस्ताव माग गरिने छ ।