नेस्ले इन्डियाले नेपालमा ‘सर्भ सेफ फूड’ प्रोजेक्ट शुरु गर्दै, ५०० स्ट्रीट फूड विक्रेतालाई तालिम
काठमाडौं – नेस्ले इन्डियाले नेपालमा “सर्भ सेफ फूड प्रोजेक्ट” शुरु गरेको छ । नेपाल खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग, नेपाल पर्यटन बोर्ड र नेशनल एसोसिएसन अफ स्ट्रीट भेन्डर अफ इन्डियाको सहकार्यमा सो परियोजना शुरु भएको हो । यस प्रोजेक्ट अन्तर्गत नेपालमा खाद्य सुरक्षा र स्वच्छता सम्बन्धी करिब ५ सय ट्रीट फूड बिक्रेताहरुलाई तालिम दिइनेछ । सर्वप्रथम भारतमा सन् २०१६ मा संचालन गरिएको यस परियोजनाको ४ वर्षको अवधिमा २० हजार स्ट्रीट फूड बिक्रेताहरुलाई १७ वटा स्थानहरुमा तालिम दिइएको थियो । उक्त प्रोजेक्ट सर्भ सेफ फूड स्ट्रीट फूड विक्रेताहरुलाई स्वस्थ, स्वच्छ, सुरक्षित खाना ह्यान्डलिंग, फोहोर व्यवस्थापन र उद्यमशीलता शिक्षा र प्रशिक्षणमा केन्द्रित छ । यी तालिमहरुले स्ट्रीट फूड विक्रेताहरुलाई डिस्पोजेबल ग्लोभ प्रयोग गर्न र व्यक्तिगत सरसफाईमा ध्यान राख्न सिकाउछ जसले खाद्यजन्य रोगहरुबाट संरक्षण गर्दछ । नेपाल खाद्य प्रविधि र गुणस्तर नियन्त्रण विभागकी महानिर्देशक डा. माटीना जोशीले स्ट्रीट फूड विक्रेताहरुले उपभोक्ताहरुलाई सुरक्षित खाना वितरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । यस्तै, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले नेपाल एक लोकप्रिय पर्यटन गन्तव्य हो र स्ट्रीट फूड वितरण स्थानीयहरुका लागि रोजगारीको एक महत्वपूर्ण श्रोत हुने बताएका छन् । नेस्लेको गुणस्तर जीवनको वृद्धि र स्वस्थ भविष्यका लागि योगदान पुर्याउने उद्देश्यका साथ नेपाल खाद्य प्रविधि र गुणस्तर नियन्त्रण विभाग, नेपाल पर्यटन बोर्ड र नेशनल एसोसिएसन अफ स्ट्रीट भेन्डर अफ इन्डियाको सहकार्यमा सर्भ सेफ फूड परियोजना शुरु गरेको नेस्ले इन्डियाका कर्पोरेट अफेयर्सका निर्देशक सञ्जय खजुरियाले बताए ।
सीता एयरलाइन्सद्वारा भद्रपुर–ताप्लेजुङ सीधा उडान आजदेखि शुरू
भद्रपुर । निजी हवाई कम्पनी सीता एयरलाइन्सले झापाको भद्रपुरदेखि ताप्लेजुङसम्म सीधा उडान भर्न शुरु गरेको छ । आजदेखि सो स्थानमा उडान शुरु गरेको कम्पनीले यही हप्तामा भद्रपुर–लुक्कासमेतको उडान भर्ने जनाएको छ । भद्रपुरदेखि ताप्लेजुङसम्म सीधा उडान भर्न शुरु गरेको छ । आजदेखि सो स्थानमा उडान शुरु गरेको कम्पनीले यही हप्तामा भद्रपुर–लुक्कासमेतको उडान भर्ने जनाएको छ । ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन र सगरमाथाको प्रवेशद्वारसम्म यात्रा गर्ने यात्रुलाई सजिलो बनाउन उडान शुरु गरेको नागरिक उड्डयन प्राधिकरण चन्द्रगढी विमानस्थलका प्रमुख पूर्ण चुँडालले जानकारी दिएका छन् । उनले ती क्षेत्रका उडानले भ्रमण वर्ष सन् २०२०लाई सफल बनाउने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार १८ सिट रहेको विमानले ताप्लेजुङ सुकुटारसम्म १४ र लुक्लामा १२ जना मात्र बोक्नेछ । हरेक दिन बिहान ७ बजेबाट भद्रपुरबाट उड्ने विमानलाई लुक्ला विमानस्थल पुग्न आधा घण्टा लाग्ने छ । यात्रुको रुचिअनुसार भद्रपुरदेखि लुक्का हुँदै एक घण्टा १० मिनेटको समयमा काठमाडौँसम्म पुग्ने व्यवस्थासमेत गरिएको छ ।
पर्यटन विकासमा सरकारका आठ लक्ष्य, जीडीपीमा उल्लेख्य सुधार हुने संकेत
काठमाडौं । यतिखेर नेपाल भ्रमण वर्ष २०२० को चर्चा परिचर्चा छ । सरकार र पर्यटनसँग सम्बन्धित विभिन्न संघ संस्थाहरु भ्रमण वर्षको तयारीमा जुटेका छन् । भ्रमण वर्ष २०२० मा २० लाख पर्यटकहरु भित्र्याउनका लागि सरकारले विभिन्न गृहकार्य पनि गरिरहेको छ । पर्यटकीय दृष्ट्रिकोणले धेरै सम्भावना भएको नेपालमा पर्यटकीय स्थलहरु अनुसार पर्यटकको आगमन नहुँदा सरकारले विभिन्न समयमा भ्रमण वर्ष घोषणा गर्ने गरेको छ । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन र नेपालको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नका लागि सरकारले विभिन्न योजना तथा लक्ष्यहरु लिएको छ । राष्ट्रिय योजना आयोगले पर्यटन विकासका लागि विभिन्न लक्ष्यहरु लिएको छ । सरकारले १५ औं आद्यवधिक योजनामा पञ्चवर्षीय लक्ष्यहरुमा पर्यटनलाई पनि महत्वपूर्ण क्षेत्रका रुपमा समेट्दै आठ महत्वपूर्ण लक्ष्य लिएको छ । सरकारले पर्यटक आगामी पाँच वर्षभित्र प्रत्येक पर्यटकको दैनिक खर्च बढाएर एक सय डलर पुर्याउने, पर्यटकले कम्तिमा १५ दिन नेपालमा बस्ने खालको वातावरण सिर्जना गर्ने, पर्यटकमा रोजगारहरु बढाएर ६ लाख सम्म पुर्याउने, कुल ग्रार्हस्थ उत्पादनमा पर्यटनको योगदान १० प्रतिशत गर्ने लक्ष्यहरु रहेका छन् । यस्तै डोमेस्टिक एयरलाइन्सहरुको संख्या बढाएर ३० वटा बनाउने, अन्तर्राष्ट्रिय जहाजहरु बढाएर ३५ सम्म पुर्याउने र पाँच वर्षको अवधिमा विदेशी पर्यटकहरु बढाएर ३५ लाखसम्म पुर्याउने लक्ष्य लिएको राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फयालले बताए । राष्ट्रिय योजना आयोगका अनुसार प्रत्येक पर्यटकले दैनिक ५४ रुपैयाँ डलर खर्च गर्दै आएका छन् भने पर्यटकले कम्तिमा १२/१३ दिन नेपालमा बस्दै आएका छन् । यस्तै हाल नेपालमा ५ लाखले पर्यटनमा रोजगार पाएका छन् । नेपालको कुल ग्रार्हस्थ उत्पादनमा पर्यटनले ४/०१ प्रतिशत योगदान गरेको छ । हाल नेपालमा २० वटा डोमेस्टिक एयरलाइन्स रहेका छन् भने २६ वटा अन्तर्राष्ट्रिय एियरलाइन्स कम्पनीले नेपालमा हवाई सेवा दिँदै आएका छन् । चालू आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान साढे २७ प्रतिशत कृषि क्षेत्रको योगदान २७ दशमलव ५९ प्रतिशत रहने भएको हो । अनुसार निर्माण, उद्योग र विद्युत्, ग्यास तथा पानी क्षेत्रको योगदान ८ दशमलव १० प्रतिशत रहने छ । विभागका अनुसार कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान ५७ दशलमव ८१ प्रतिशत रहने भएको छ ।