त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चल्ने र्याम्प बस हटाउने तयारी, वायुसेवा सञ्चालक भन्छन्ः तत्काल सकिँदैन
काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चल्ने ¥याम्प बसहरुलाई हटाउने तयारी गरेको छ । हाल सञ्चालनमा रहेका र्याम्प बसहरु प्रदुषणयुक्त भएको भन्दै नेपाल नागरिक उडड्यन प्राधिकरणले ती बसहरुलाई विस्थापित गरेर नयाँ विद्युतिय बसहरु सञ्चालन गर्ने तयारी गरेको हो । नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता राजकुमार श्रेत्रीले सरकारले अब त्रिभुवन विमानस्थलमा रहेका र्याम्प बसहरुलाई विस्थापित गरेर नयाँ विद्युतिय बसहरु सञ्चालनमा ल्याउने तयारी भएको बताएका छन् । यसका लागि नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उडड्यन प्राधिकरणसँग छलफल भइसकेको छ । ‘तत्कालै सबै बसहरु हटाउन सकिँदैन, अब नयाँ खरिद गर्ने बसहरु विद्युतिय हुनु पर्छ, पूरानालाई विस्थिपित र नयाँ विद्युतिय बसहरु ल्याउने काम हुन्छ, यसो गर्दा यात्रु र वायु प्रदुषण पनि हुँदैन,’ उनले भने । आजको आजै हटाउने काम हुँदैन र थोत्रो पूरानो बस चलाइरहनु भन्दा नयाँ विद्युतिय बस राम्रो हुने उनको भनाई छ । अहिले ९ वटा हवाई कम्पनीहरुले बसहरु सञ्चालन गर्दै आएका छन् । यसका लागि प्राधिकरणले वायुसेवा कम्पनीहरुसँग बसको विवरण माग पनि गरिसकेको छ । प्राधिकरणले ¥याम्प बसहरु प्रतिस्थापन गर्ने योजना अनुरुप सवारीको प्रकार, बसहरुको प्रदुषण नाप जाँच, हरेक सवारीको सिट संख्या, खरिद भएको वर्षलगायत विषयहरु प्रष्ट पार्ने गरी वायु सेवा सञ्चाकलहरुसँग विवरण माग गरेको हो । वायुसेवा सञ्चाक भन्छन्ः तत्काल सकिँदैन प्राधिकरणले ¥याम्प बसहरु हटाउने तयारी गरिरहँदा वायुसेवा सञ्चालकहरुले भने तत्काल ती बसहरु विस्थापित गर्न नसकिने धारणा राखेका छन् । उनीहरुले विशव महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण आफुहरुले अर्बौं रुपैयाँ नोक्सान व्यहोर्नु परेको बताउँदै फेरि तत्कालै नयाँ विद्युतिय बसहरु खरिद गरेर भएका बसहरु हटाउन नसकिने धारणा राखेका हुन् । वायुसेवा सञ्चालक संघका प्रवक्ता योगेन्द्र कँडेलले आफुहरुले चाहना पनि विद्युतिय बसहरु हुनु पर्ने भए पनि तत्कालै यो सम्भव नभएको बताए । ‘सरकारको यो राम्रै नीति हो, तर नीति योजनावद्ध अनुसार हुनुपर्छ, यो अवधिसम्म गाडी प्रतिस्थापन हुनुपर्छ भन्ने नीति भएको भए हामी त्यही अनुसार योजना बनाएर गाडी बढ्थ्यौं, तर यो अहिले तत्कालै सम्भव छैन, कि सरकारले नयाँ गाडी किनिदिनु पर्यो, एकाएक मन्त्रीज्युले भनेर हुँदैन, यसले हामीलाई ठूलो आर्थिक भार पुर्याउँछ,’ उनले विकासन्युजसँग भने । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसले वायुसेवा कम्पनीहरुलाई ठूलो आर्थिक क्षति गरेको बताउँदै उनले यसले झन बढी आर्थिक व्ययभार थुपार्ने बताए ।
अमेरिकी होटल चेन रमडा अब ठमेलमा, २ अर्ब रुपैयाँ लगानी
काठमाडौं । काठमाडौंको ठमेलमा २ अर्ब रुपैयाँ लगातमा चार तारे होटल खुलेको छ । अमेरिकी चेन होटल रमडा इन्कोर वाई वाइनड्याम ठमेलमा आजदेखि औपचारिक रुपमा सञ्चालनमा आउने भएको हो । सो होटलका सञ्चालक सागर पँगेनीका अनुसार होटल २ अर्ब रुपैयाँको लगातमा निर्माण भएको हो । ९० वटा कोठा रहेको सो होटल ७ तले र २ वटा अन्डर ग्राउण्ड रहेको छ । अमेरिकी चेन होटल र्यामेड इन्कोर वाई वाइनड्याम विश्वको ८० देशको ९ हजार ठाउँमा विस्तार भएको छ । पँगेनीका अनुसार पर्यटक तथा होटलमा आउने पाहुनाले स्थानीय उत्पादनको स्वाद मात्र होइन विदेशी विभिन्न प्रकारका परिकारहरुको स्वाद लिन पाउने छन्। विशेष गरेर विदेशी पर्यटकलाई भित्र्याउनका लागि यो होटललले उल्लेख्य भूमिका खेल्न सक्ने उनको विश्वास रहेको छ । ‘धेरै होटलहरु भएपनि पर्यटककले चाहे र रोजे जस्तो सेवा सुविधा पान सकेका छैनन्, पर्यटकको चाहना अनुसार हामी सुविधा दिनछाैं,’ उनले भने । आधुनिक शैलिमा निर्माण गरिएको होटलमा डिलक्स र प्रिमिएर गरी सुबिधा सपन्न कोठा, सेमिनार हल, पार्टि प्यालेस, मिटिङ्ग हल, रेष्टुरेण्ट, स्विमिङ्पुलकाे रहेको बताइएको छ । यो कम्पनीले नेपालमा भने पहिलोपटक सेवा सञ्चालन गरेको घोषणा गरेको छ। नेपालसँगै भुटानमा पनि प्रवेश गरेको कम्पनीले विभिन्न वर्गका छुट्टै ब्रान्डमा होटल सञ्चालन गर्छ। नेपालमा भने रमडा ब्रान्ड प्रवेश गरेको हो। विन्डमको यो मध्यमवर्गीय ब्रान्ड हो । काठमाडौंको ठमेलमा रहेको यो होटल फ्रेन्चाइजी हो। होटलमा डिलक्स,सुपर डिलक्स, स्टुडियो,इन्टर कनेक्टिङ र फरक क्षमताका व्यक्तीमैत्री कोठा रहेका छन् । २ रेष्टुरेन्ट भएको होटलमा हल,स्पा जस्ता सुविधाहरु पनि रहेका छन्।
गोरखामा ७ करोडको लगानीमा तारे होटल बन्यो, होटलबाटै मनास्लु हेर्न पाइने
काठमाडाैं । गोरखाको लिगलिगकोट आउने पर्यटकलाई लक्षगरी पालुङटार नगरपालिकामा करिब सात करोड रुपैयाँकाे लागतमा सुविधासम्पन्न होटल सञ्चालनमा आएकाे छ । यसको प्रचारप्रसारसँगै पर्यटकको सङ्ख्या बढ्न थालेपछि ‘होटल लिगलिग मनास्लु भ्यू’ सञ्चालनमा ल्याइएको होटलका सञ्चालक मानबहादुर पौडेलले जानकारी दिए । “अहिलेसम्म कूल रु सात करोड १० लाख लगानी भइसकेको छ, अझै निर्माणको काम भइरहेको छ”, उनले भने,“लिगलिगकोट घुम्न आउने पर्यटक अब बास खोज्दै फर्कनुपर्ने बाध्यता हुने छैन ।” दश रोपनी क्षेत्रफलमा निर्माण गरी सञ्चालनमा ल्याइएको होटलमा २० आधुनिक र सुविधासम्पन्न आरामदायी कोठा रहेका छन् । होटलमा आधुनिक सुबिधासम्पन्न बैठक कक्ष, पार्टी प्यालेस, आवश्यकतानुसार बैठक कोठा तथा रेष्टुरेन्ट छन् । सञ्चालक पौडेलले भने, “अहिले स्विमिङ पुल निर्माणको काम पनि भइरहेको छ ।” उनले लिगलिगकोट र जिल्लाका आसपासका पर्यटकीय गन्तव्य घुम्न आउने पर्यटकलाई पर्यटकीयस्थलसम्म घुमाएर फर्काउनेसम्मको व्यवस्था होटलले मिलाएको जानकारी दिए । त्यस्तै, होटलमा आउने पाहुनाले स्थानीय उत्पादनको स्वाद चाख्न पाउनेछन् भने उनीहरुको चाहनाअनुसार स्थानीय कलासंस्कृतिको प्रस्तुतिसमेत देखाउने व्यवस्था रहेको उहाँको भनाइ छ । पालुङटार क्षेत्रमा सुविधा सम्पन्न होटल नहुँदा घुम्न आउने पर्यटकलाई समस्या हुँदै आएको थियो । लिगलिगकोट आउने पर्यटक लिगलिगकोट आसपासका क्षेत्रमा बस्नका लागि उपयुक्त बासस्थान नहुँदा फर्कनुपर्ने बाध्यता रहदै आएको थियो । पालुङटार–२ आँपपीपलमा पर्ने लिगलिगकोटमा अहिले दैनिक एक हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका छन् । दौडिएर राजा हुने परम्परा भएको लिगलिगकोट अध्ययन र अवलोकनका लागि पर्यटक आउने गरेको लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिए । तत्कालीन समयमा लिकलिगकोटमा प्रत्येक वर्ष बडादशैँको नवमीका दिनमा नयाँ राजा छान्ने चलन रहेको इतिहास रहेको छ । “आवश्यक भौतिक पूर्वाधार निर्माण नहुँदा यहाँ आउने पर्यटकलाई समस्या हुँदै आएको थियो ”, उनले भने, “पर्यटकलाई लक्ष्यगरी होटल सामुदायिक घरबासलगायत सञ्चालन हुन थालेपछि सजिलो भएको छ ।” लिगलिगकोटमा स्थानीय मगर समुदाय मिलेर भर्खरै मात्र सामुदायिक घरबाससमेत सञ्चालन गरिएको अध्यक्ष रानाकोे भनाइ छ । करिब १० रोपनी क्षेत्रफलमा आधुनिक शैलिमा निर्माण गरिएको होटलमा डिलक्स र प्रिमिएर गरी २० वटा सुबिधा सपन्न कोठा, सेमिनार हल, पार्टि प्यालेस, मिटिङ्ग हल, रेष्टुरेन्ट बार सञ्चालनमा रहेको होटल लिगलिग मनास्लु भ्यूका सञ्चालक मान बहादुर पौडेलले जानकारी दिए । साथै स्वमिङ्ग पुल को निर्माण कार्य पनि भै रहेको उनले बताए । ‘यस क्षेत्रमा घुम्न आउने प्रर्यटकका लागि यहा बस्ने ठाउँ नभएर बैकल्पिक ठाउँमा जानू पर्ने समस्या थियो, अब प्रर्यटकका लागि पालुङटार आउन र बस्नमा कुनै समस्या हुँदैन,’ उनले भने । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा होटल सञ्चालन गरिएको हो । पालुङटार नगरपालिकालाई नेपाल सरकारले स्मार्ट सिटीको रुपमा अगाडि सारेको छ, राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग पनि पालुङटार हुँदै सञ्चालनमा आउँदै छ । २०३/३१ सालबाट रोकिएको पालुङटार एर्पोट पनि संघिय र प्रदेश सरकारले सञ्चालनमा ल्याउनका लागि तयारी गरिएको छ । जसले गर्दा यस्ता होटलहरु सञ्चालनमा आउँदा विकासमा टेवा पुग्ने छ । नेपाल एकीकरणको उद्मस्थलका रुपमा लिगलिगकोटलाई लिइन्छ ।