मौसम पूर्वानुमान महाशाखाले भन्यो– इनरुटको जानकारी गराउन सकिंदैन

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आन्तरिक उडानका लागि इनरुटको जानकारी गराउन नसक्ने जनाएको छ । महाशाखाले आज एक सूचना जारी गर्दै नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले भनेजस्तो इनरुटको जानकारी गराउन नसक्ने जनाएको हो । आइतबार पोखरा–जोमसोम उडानका क्रममा तारा एयरको जहाज दुर्घटनाभएपछि क्याले इनरुटमा उडानका लागि अनिवार्य रुपमा मौसमको जानकारी लिनुपर्ने निर्णय गरेको थियो । प्राधिकरणले निर्णय गरे पनि महाशाखासँग कुनै समन्वय नभएपछि दुई दिनदेखि पहाडी र हिमाली क्षेत्रमा हुने आन्तरिक उडान पूर्ण रुपमा प्रभावित भएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखले हवाई मौसम सेवाअन्तर्गत अन्तर्राष्ट्रिय हवाई उडानका लागि आवश्यक मौसमी सूचना तथा इनरुट पूर्वानुमान दिँदै आएको र आन्तरिक हवाई उडानका लागि काठमाडौं विमानस्थलको मौसम अवलोकन सूचना मात्र दिँदै आएको जनाउँदै आन्तरिक उडानका लागि हाल उपलब्ध जनशक्ति र प्रविधिहरुको माध्यमबाट मौसमी सूचना मात्र दिने सकिने उल्लेख गरेको छ । यससँगै दैनिक क्षेत्रगत मौसमी अवस्थाको बिफ्रिङ मात्र गर्न सकिने जानकारी विभागले दिएको छ । समन्वय नहुँदा रोकियो उडान क्यानको मंगलबारको निर्देशनले अन्योल भएपछि वायुसेवा कम्पनीहरुले इनरुटको उडान बन्द गरेका हुन । उडान हुने गन्तव्यहरुको मौसम सफा भए तापनि अन्योलका कारण उडान बन्द भएको वायुसेवा कम्पनीहरुले जनाएका छन् । मंगलबार प्राधिकरणले मौसम सफा नभएसम्म इनरुटमा उडानको अनुमति नदिने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा बुधबार बिहीबार अनुमतिमा अन्योल भएपछि उडान रोकिएका हुन । कन्ट्रोल टावरले मौसम बिभागलाई देखाउँदा एअरलाईन्सहरुलाई मौसमको आधिकारिक जानकारी लिन समस्या भएको वायुसेवा कम्पनीहरुले जनाएका छन् ।

तारा एयरको पोखरा-जोमसोम उडान एक साता बन्द हुने

फाइल फाेटाे काठमाडौं । तारा एयरको पोखरा-जोमसोम उडान एक साता बन्द हुने भएको छ । बिहीबार सूचना जारी गर्दै तारा एयरले एक साता पोखरा-जोमसोम उडान बन्द हुने जनाएको हो । कम्पनीको अनुसार जेठ २० गतेदेखि जेठ २७ गतेसम्म पोखरा-जोमसोम उडान बन्द हुनेछ । आइतबार पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एन एइटी ट्विनअटर जहाज दुर्घटना हुँदा चालक दलका ३ जनासहित २२ यात्रुको ज्यान गएको थियो ।

नयाँ रणनीति र स्वरूपमा सञ्चालनमा आउँदै अन्नपूर्ण होटल

काठमाडौं । काठमाडौंको दरबारमार्गमा रहेको पाँचतारे अन्नपूर्ण होटल पुनः सञ्चालनमा आउने भएको छ । होटल व्यवस्थापनले होटलको स्तरोन्नति गरेर नयाँ स्वरूपमा सञ्चालनमा ल्याउन लागेको हो । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको कारण अनिश्चितका लागि बन्द भएको होटल नयाँ स्वरूपमा सञ्चालनमा आउने होटलकी सञ्चालक तथा होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले बताइन् । सञ्चालक राणाका अनुसार अहिले होटल पुनः सञ्चालनको तयारी भइरहेको छ । अब केही समयपछि होटल नयाँ स्वरूप र शैलीका साथ सञ्चालन हुने उनको भनाइ छ । ‘हामीले कोरोनाको समयमा खर्च धान्न नसकेर बन्न गर्ने निर्णय गरेकमा थियौं, होटलको संरचना पनि पुरानो जिर्ण भइसकेको छ, अहिले होटललको स्तरोन्नति तथा पुनर्निर्माण गर्ने योजना बनाइरहेका छौं, पुनः सञ्चालनमा आउन यति नै समय लाग्छ भन्न सकिन्न, जति सक्दो छिटो सञ्चालनमा ल्याउने हाम्रो तयारी छ,’ विकासन्युजसँग भनिन् । उनले नयाँ बिजनेस प्लानका साथ आउन लागेको पनि बताइन् । उनले अहिले नै यो गर्ने भन्ने यकिन भइनसकेको बताउँदै अन्नपूर्ण होटललाई समय सापेक्ष र नयाँ शैलीमा व्यवस्थापन गर्न लागिएको उनले जानकारी दिइन् । उनले होटलको पुर्ननिर्माण तथा स्तरोन्नतिमा लाग्ने खर्चको पनि यकिन नभएको बताइन् । दरबारमार्गको ४३.८६ रोपनी क्षेत्रफलमा फैलिएको होटलमा राणाको ९० प्रतिशतभन्दा बढी सेयर छ भने बाँकी नेपाल ट्रस्ट, गोरख शम्शेर, खेतान समूहलगायतको सेयर छ । २०७७ मंसिरमा कोरोनाको कारण देखाउँदै र संरचना जिर्ण भएको भन्दै होटल व्यवस्थापनले बन्द गर्ने निर्णय गरेको थियो । होटल बन्द भएसँगै कर्मचारीलाई समेत दिनुपर्ने बाँकी सबै सुविधा हिसाब गरेर लिन सूचना जारी गरेको थियो । पछिल्लो समय कोरोनाको सन्त्रास कम हुँदा पर्यटन व्यवसायमा पनि सुधार हुँदै गएको उनको भनाइ छ ।