अबको एक सातामा दर्ता नभए ‘मेटा’लाई नेपालमा प्रतिबन्ध लगाउने
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘चलचित्र ऐन’ चाँडै ल्याइने बताएका छन् । उनले आजको राष्ट्रिय सभामा ऐन पेस गर्ने बताए । नेपाली चलचित्र वितरक तथा प्रदर्शकहरूको छाता संस्था नेपाल चलचित्र सङ्घको ५०औँ वार्षिक साधारणसभामा मन्त्री गुरुङले २०२६ सालमै बनेको ‘चलचित्र ऐन’ परिमार्जन भएर आएपछि चलचित्रकर्मीले सामना गरिरहेको अवरोध हट्ने बताए । उनले भने, ‘नयाँ चलचित्र ऐन टेबल गर्दैछु । म आफू सञ्चार मन्त्रालयमा आएपछि पुरानो नीति र कानुनले दिएको कठिनाइलाई राम्रोसँग बुझेर परिमार्जन गर्न लागिरहेको छु । रेडियो नेपाल, नेपाल टेलिभिजन, हुलाक, रासस, सबै सञ्चार क्षेत्रसँग जोडिएका संस्थाहरूको नीति पुरानो पञ्चायतकालको छ । कानुन पनि पञ्चायतकै छ । यसमा हामीले काम गर्नुपर्ने छ, गरिरहेका छौँ ।’ मन्त्री गुरुङले अबको एक सातामा नेपालको कानुनअनुसार दर्ता नभए ‘मेटा’लाई नेपालमा प्रतिबन्ध लगाउने बताए । मेटाले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)भन्दा आफ्नो आम्दानी धेरै भएको उल्लेख गरेको बताउँदै मुलुकको स्वाधीनता पैसामा जोड्न नसकिने उनको भनाइ छ । ‘मेटा भन्ने बित्तिकै फेसबुक होला, म्यासेन्जर, ह्वाट्सएप, इन्ट्राग्राम होला, चलिरहेका छन् । तर, उनीहरूले नेपालको कानुन मान्दिनँ भन्न मिल्दैन, हाम्रो कानुनअनुसार दर्ता भई सञ्चालन हुनुपर्छ । यहाँ हामीसँग दर्ता हुनुपर्दैन, कर तिर्नुपर्दैन ? त्यसका कारणले फैलने गलत कुरा हामीले नियन्त्रण गर्नुपर्दैन ? उनीहरूको कन्टेनले हाम्रो राष्ट्रिय स्वाधीनताका विरुद्धमा बोल्यो भने समाजमा ठूलो प्रभाव पर्न सक्छ । त्यसैले तिनीहरूको नियमन हुनुपर्छ,’ मन्त्री गुरुङले भने ।
७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाइने सञ्चारमन्त्रीको चेतावनी
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र नेपालमा दर्ता नभए मेटामाथि प्रतिबन्ध लगाइने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मेटालाई पटक–पटक सूचना दिँदासमेत बेवास्ता गरिएको बताए । उनका अनुसार मेटालाई पहिलो, दोस्रो र तेस्रो पटक सूचना जारी गरिएको थियो र तेस्रो पटकको म्याद केही दिनअघि सकिएको हो । अब बाँकी ७ दिनभित्र दर्ता नभए मेटा अन्तर्गतका फेसबुक, इन्स्टाग्राम, म्यासेन्जर, ह्वाट्सएपजस्ता सेवामा प्रतिबन्ध लगाइने चेतावनी मन्त्री गुरुङले दिए । मन्त्री गुरुङले भने, 'नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गइरहेको छ । त्यसरी नेपालबाट पैसा लिने तर दर्ता नहुने र कर नतिर्ने ? यस्तो हुँदैन । देशभन्दा ठूलो घमण्ड देखाउनु हुँदैन । नेपालको जिडिपीभन्दा आफू ठूलो छ भनेर स्वाधीनता सस्तोमा बेचिन्न ।' उनले मेटाले नेपालमा दर्ता भएर कर तिर्नु आवश्यक रहेको स्पष्ट पारे । साथै, हालसम्म नेपालमा टिकटक, भाइबर र वी–टक मात्र दर्ता भएको जानकारी पनि दिएका छन् । मुलुकको स्वाधीनता पैसा वा प्रविधिभन्दा माथि रहेको उल्लेख गर्दै मन्त्री गुरुङले सूचना प्रविधिमा पारदर्शिता र उत्तरदायित्व आवश्यक भएकोमा जोड दिएका छन् ।
यस्ता छन् ल्यापटपको स्पीड बढाउने ५ सजिला तरिका
काठमाडौं । आजको डिजिटल युगमा प्रायः सबैले ल्यापटपको प्रयोग गर्छन् । ल्यापटपसँग जोडिएको एक सामान्य समस्या भनेको समयसँगै यसको गति ढिलो हुँदै जानु हो । विस्तारै ल्यापटप ह्याङ हुन थाल्छ । यस्तो अवस्थामा हामी प्रायः यस्ता उपाय खोजिरहेका हुन्छौं जसले ल्यापटपलाई ढिलो हुन नदिन सकोस् । यदि तपाईंको ल्यापटप लगातार ह्याङ भइरहेको छ भने पनि यसमा पुनः नयाँ जस्तो स्पीड ल्याउने उपाय खोज्न सकिन्छ । आज हामी तपाईंलाई ५ यस्ता सजिला तरिकाहरू बताउँदैछौं जसको सहयोगले तपाईं आफ्नो स्लो ल्यापटपलाई फेरि नयाँ जस्तै तेज बनाउन सक्नुहुन्छ । अनावश्यक स्टार्टअप प्रोग्रामहरू बन्द गर्ने जब तपाईं ल्यापटप सुरु गर्नुहुन्छ, त्यतिबेला केही प्रोग्रामहरू स्वतः खुल्ने गर्छन् । यी प्रोग्रामहरू ब्याकग्राउण्डमा चलिरहन्छन् र सिस्टमलाई स्लो बनाउँछन् । यदि तपाईंको ल्यापटपमा पनि यस्ता धेरै प्रोग्रामहरू स्वतः चलिरहेका छन् भने यसरी बन्द गर्न सक्नुहुन्छः स्टेप वान : टास्क म्यानेजर खोल्न Ctrl + Shift + Esc थिच्नुहोस् स्टेप टुः 'स्टार्टअप' ट्याबमा जानुहोस् र जुन प्रोग्रामहरू आवश्यक छैनन्, तीलाई 'डिसाबल' गर्नुहोस् । यसले ल्यापटपको बुट समय कम गर्छ र सिस्टम छिटो सुरु हुन्छ । साथै ती प्रोग्रामहरू ब्याकग्राउण्डमा चल्न पनि बन्द गर्छन् । टेम्पोररी फाइल र क्यास क्लियर गर्ने विन्डोज चलाउँदा समयसँगै धेरै अस्थायी फाइलहरू र क्यास ल्यापटपमा सञ्चित हुँदै जान्छन्, जसले सिस्टमलाई ढिलो बनाउँछ। यी हटाउनका लागिः स्टेप वानः रन (Win + R) थिच्नुहोस् स्टेप टु : %temp% टाइप गर्नुहोस् स्टेप थ्री : खुलेको फोल्डरमा रहेका सबै फाइलहरू डिलिट गर्नुहोस् । यसका लागि तपाईं डिस्क क्लिनअप टुलको पनि प्रयोग गर्न सक्नुहुन्छ । यो ल्यापटपको स्पीड बढाउने एक सजिलो उपाय हो । ल्यापटपको र्याम अपग्रेड गर्ने यदि तपाईंको ल्यापटप धेरै ह्याङ गर्छ वा सामान्य काम गर्न पनि समय लगाउँछ भने यसको र्याम कम हुन सक्छ । ल्यापटपको र्याम अपग्रेड गर्दा मल्टिटास्किङ राम्रो हुन्छ र स्पीड पनि बढ्छ । विज्ञहरूले कम्तिमा ८ जीबी र्याम सिफारिस गर्छन् । र्याम अपग्रेड प्राविधिक प्रक्रिया भएकाले विशेषज्ञको सहयोग लिनु उचित हुन्छ । एसएसडीको प्रयोग गर्ने यदि तपाईंको ल्यापटपमा अझै एचडीडी स्टोरेज छ भने यसलाई एसएसडीमा अपग्रेड गर्न सक्नुहुन्छ । एसएसडीमा डेटा छिटो रिड/राइट हुन्छ, जसले बुट टाइम, एप लोडिङ र फाइल ट्रान्सफर स्पीडलाई निकै बढाउँछ । यसले ल्यापटपको समग्र प्रदर्शनलाई धेरै नै सुधार गर्छ । भाइरस र मालवेयर स्क्यान गर्ने धेरै पटक भाइरस वा मालवेयरका कारण ल्यापटप ढिलो हुन्छ । राम्रो एन्टिभाइरसको प्रयोग गरी समय-समयमा स्क्यान गर्दै गर्नुहोस् । यदि तपाईं पैसा खर्च गर्न चाहनुहुन्न भने विन्डोज डिफेन्डर पनि एक राम्रो निःशुल्क विकल्प हो । नियमित स्क्यानिङले हानिकारक फाइल हटाउँछ र ल्यापटप हलुका महसुस हुन्छ ।